डिजिटल नेपाल कन्क्लेभ र ह्वावेको मोबाइल नेपाल कंग्रेस हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2023 | 03:11:23 PM मा प्रकाशित

laxmi  sunrise bank

 असार ८ २१ गते 'ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३' को आयोजना हुने भएको छ। आइसिटी फाउण्डेसन नेपालको आयोजनामा हुन गइरहेको कन्क्लेभसँगै ह्वावेले मोबाइल नेपाल कंग्रेश (एमएनसी) को पनि आयोजना गर्नेछ।

कन्क्लेभमा विभिन्न देशका आइसिटी विज्ञहरु सहित ७० बढी स्रोत व्यक्तिहरु रहने आयोजकले जनाएको छ। आयोजकका अनुसार द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढि सेसनहरु संचालन हुनेछन् । २ दिने कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरुको उपस्थिती रहनेछ 'फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल' को नारा सहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिने आयोजकले जनाएको छ ।

आइसिटी फाउण्डेसनका अनुसार असार ८ गते बिहान १० बजेदेखि हुने उद्घाटन कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तरास्ट्रिय बिज्ञहरुको ४ वटा कि-नोट र मन्त्री रेखा शर्मासंगको पावर संवाद सेसन हुनेछ । यसैगरी पहिलो दिनको सेसनमा डिजिटल पूर्वाधार, डिजिटल परिचय (आइडेन्टिटी) र डिजिटल गभर्नेन्स सम्बन्धि सेसनहरु रहेका छन्।

कन्क्लेभको दोस्रो दिन डिजिटल इन्नोभेसन र उद्यमशीलता, टेक स्टाक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक सक्षमताको सेसनहरु रहेका छन्। यसैगरी कन्क्लेभमा डेटा गभर्नेन्स र डिजिटल सेक्युरिटी डिजिटल लिडरसिप र डिजिटल सक्षमताको लागि अबको बाटो सेसनहरु संचालन हुने आइसिटी फाउण्डेसनले जानकारी दिएको छ ।

कन्क्लेभसँगै शिर्ष प्रायोजक हावेले छुट्टै हलमा मिनि मोवाइल वल्ड कंग्रेशको रुपमा मोवाइल नेपाल कंग्रेशको आयोजना गर्नेछ । सहभागीले ५ जी, एआईसँगै नयाँ प्रविधिहरुको जानकारी मोवाइल कंग्रेशमा पाउनेछन । ह्वावे मोबाइल नेपाल सम्मेलन जुन विषय वस्तुमा केन्द्रित छ, त्यसैमा आधारित रहेर सम्मेलनले गिगाभर्स इनिसिएटिभ, अल्ट्रा- अटोमेसन स्पीड अप, सेवाको रुपमा इन्टिलिजेन्ट कम्प्युटिङ्ग एण्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरु, र वातावरण, सामाजिक तथा सुशासनका लागि आफ्नो मार्ग निर्देशिका तय गरेको छ । मोबाइल नेपाल कँग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई गति दिनका लागि नेपालमा उपयोगी र व्यापारिक सम्भावना भएको विश्वव्यापी आविष्कार र समाधानहरुलाई छलफलमा ल्याउन मद्दत पुग्ने विश्वास ह्वावेको रहेको छ ।

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभको दोस्रो संस्करण हो। कन्क्लेभको प्रि-इभेन्टको रूपमा फाउण्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो । सातै प्रदेशको डिजिटल अवस्था र सक्षमताको जानकारी सहितको डिजीटल प्रदेश परिदृश्यको दोस्रो संस्करण कन्क्लेभमा सार्बजनिक गरिने आइसिटी फाउण्डेसनले जानकारी दिएको छ ।

आइसिटी फाउण्डेसनका अनुसार कन्क्लेभमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना प्रविधि विभाग दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ लगायतको सहयोग रहेको छ। यसैगरी कार्यक्रमको कनेक्टेड बाइमा नेपाल टेलिकम, सेक्युरिटी पार्टनरमा चेकपोन्ट, पेमेन्ट पार्टनरमा आइएमइपे, आइटी ट्रेनिंङ पार्टनरमा ब्रोडवे इन्फोसिस, इन्टरनेट पार्टनरमा डीसहोम रहेका छन्। सहयोगी सस्थाहरूमा एसिया फाउण्डेसन, फ्रोस्ट एण्ड सुलेभन नेपाल, कोड हिमालय, स्काई ब्रोडब्याण्ड, बारकोड, टेक्नोरियो लगायतको सहकार्य रहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved