यस पटकको क्यान इन्फोटेकमा ‘स्टार्ट अप’लाई निःशुल्क स्टल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2024 | 10:03:07 AM मा प्रकाशित

laxmi  sunrise bank

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले माघ २५ गतेबाट ‘क्यान इन्फोटेक २०२४’ आयोजना गर्ने भएको छ । आम मानिसलाई सूचना प्रविधिको क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिसँग साक्षात्कार गराउने उदेश्यले क्यानले २९औँ संस्करणको ‘क्यान इन्फोटेक’ आयोजना गर्न लागेको क्यान महासंघका अध्यक्ष रञ्जित कुमार पोदारले जानकारी दिए ।

बिजपाटीसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष पोदारले भौतिक रुपमै विश्व बजारमा र नेपालमा आएका नयाँ नयाँ प्रविधिसँग मानिसहरुलाई जोड्ने उदेश्यले इन्फोटेक आयोजना गर्न लागिएको बताए ।

‘कोभिडपछि आईटीको प्रयोग बढ्यो, आम मानिसहरु विस्तारै आईटी फ्रेण्डली हुँदै जानु भएको छ, यसले मानिसको जीवनयापनलाई सहज गराएको छ’ उनले भने, ‘दिनदिनै विश्व बजारमा नयाँ नयाँ प्रविधि भित्रिरहेका हुन्छन्, ति नयाँ प्रविधिसँग मानिसलाई जोड्ने काम गर्न हामीले क्यान इन्फोटेक २०२४ आयोजना गर्दैछौँ ।’

महासचिव चिरञ्जिवि अधिकारीले २९औँ संस्करणमा आइपुग्दा ‘क्यान इन्फोटेक’प्रति आम सर्वसाधारणको चासो बढेको र स्टल राख्ने कम्पनीहरुबीच पनि प्रतिस्पर्धा बढ्दै गएको बताए । यसपाली माघ २५ बाट ५ दिन चल्ने इन्फोटेकमा २ सय बढी स्टलहरु रहने महासचिव अधिकारीले जानकारी दिए । उनका अनुसार इन्फोटेकमा ‘स्टार्ट अप’लाई निःशुल्क स्टल दिइनेछ ।

‘नयाँ नयाँ आइडीयाबाट काम गरिरहेका स्टार्ट अप बिजनेश, इन्नोभेशन प्रोडक्टलाई प्रोमोशन गर्नुपर्छ भनेर हामीले निःशुल्क स्टल दिँदैछौँ’ महासचिव अधिकारीले भने, ‘स्टार्ट अपलाई स्पेश दिनुपर्छ भनेर क्यान महासंघले इन्फोटेकमा निःशुल्क स्टल दिएर उहाँहरुको हौसला बढाउने प्रयास गर्दैछ । आउन इच्छा राख्ने जति सबैलाई सम्भव हुँदैन, जतिलाई राख्न सम्भव हुन्छ त्यतिलाई निुशल्क स्टल उपलब्ध गराउँदैछौँ । यो महत्वपूर्ण सुरुवात हो ।’

स्टार्ट अपले उद्योगी व्यवसायी र नीति निर्मातासँग स्टार्ट अप इस्यू र समाधानका बारेमा अन्तरक्रिया गर्न पाउन् भनेर उनीहरुका लागि आफूले नै नेतृत्व लिएर निःशुल्क स्टलको प्रबन्ध मिलाएको महासचिव अधिकारीले बताए ।

उनका अनुसार २९औँ संस्करणको क्यान इन्फोटेक २०२४ को मुख्य प्रायोजक ‘एस पावर’ रहेको छ । एस पावर भनेको ‘स्मार्ट क्लास रुम’ अभियान अन्तर्गत सिनेमा हेरेको जसरी पढाइ हुने ‘स्मार्ट बोर्ड’ आयात गर्ने कम्पनी हो । हालसम्म ७ हजार युनिट भन्दा बढी यस्ता डिस्प्ले बोर्ड बिक्रि भइसकेको एस पावरका प्रबन्ध निर्देशक मुरारी मोहन झाले बताएका छन् । यो २७ वर्ष पूरानो कम्पनी हो ।

यस्तै, प्लाटिनम प्रायोजकमा लर्ड बुद्ध एजुकेशन फाउण्डेशन, डायमण्ड प्रायोजकमा नेपाल टेलिकम, गोल्ड प्रायोजकमा इन्फो डेभलपर्स प्रा.लि. र मर्कन्टायल अफिस सिस्टम प्रा.लि. रहेका छन् । सिल्भर प्रायोजकमा अन लिमिटेड टेक्नोलोजी (अर्न सिक्का) र इन्सिस्टेन्ट रेन प्रा.लि. रहेका छन् ।

क्यान इन्फोटेक २०२४ को टिकेट पार्टनर इ–सेवा रहेको छ । इन्टरनेट पार्टनर डिशहोम फाइबर नेट रहेको छ ।

यो पनि : स्टार्टअपलाई सजिल्यै आईपीओ ल्याउन दिन सिफारिस, सूचीकरणपछि छुट्टै इन्डेक्स

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved