चौधरीको पक्राउबारे नाडाद्वारा आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2024 | 12:38:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एसोसियसन आफ नेपालले उद्योगी व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको प्रति आपत्ति जनाएको छ । नाडाले आफ्ना सदस्यसमेत रहेका सीजी होल्डिङ्गसका अध्यक्ष तथा प्रवन्ध निर्देशक चौधरीलाई कुनै ठोस प्रमाण र आधार विना नै पक्राउ गरेको प्रति आपत्ति जनाएको हो ।

नाडाले सम्बन्धित विषयको गहिरो अध्ययन र अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न पनि आग्रह गरेको हो । 

‘पहिलो गिरफ्तारी, तत्पश्चात् मात्र समस्या पहिल्याउने प्रवृत्ति’ले व्यवसायीहरुलाई थप हतोत्साहित मात्र बनाएको मात्रै नभई आउँदै गरेको लगानी सम्मेलनलाई समेत नकारात्मक प्रभाव पार्ने देखिएको नाडाको निष्कर्ष छ । पहिला आवश्यक छानविन र सत्यतथ्य यकीन गरेर मात्र कानूनी प्रकृयालाई अघि बढाउन नाडाले माग गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved