आजदेखि विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2024 | 09:21:23 AM मा प्रकाशित

laxmi  sunrise bank

हिउँदे वर्षा गराउने पश्चिमी वायु पुनः सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रवेशसँगै शनिबार साँझदेखि चिसो हावा चल्न थालेको र आइतबार देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना छ ।

आइतबार देशैभर बदली भए पनि सुदूरपश्चिम र कर्णालीका धेरै क्षेत्रमा वर्षा हुने महाशाखाको प्रक्षेपण छ । त्यस्तै, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा तथा बागमतीका थोरै स्थान र बाँकी क्षेत्रको पहाडी भागमा छिटपुट वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकामा बादल लागेर छिटफुट वर्षासम्म हुन मौसमविद्हरुले जनाएका छन् । 

तराई क्षेत्रमा पश्चिमबाट लुम्बिनीसम्म वर्षा भए पनि त्यहाँदेखि पूर्वतिर भने सम्भावना नरहेको महाशाखाले जनाएको छ । त्यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । सोमबार साँझदेखि भने पश्चिमी वायु कमजोर हुने आकलन गरिएको छ ।

यसअघि बुधबार प्रवेश गरेको पश्चिमी वायुले बिहीबार पश्चिम नेपालमा वर्षा र हिमपात गराएको थियो । मध्य र पूर्वी नेपालसम्म आइपुग्दा वायु कमजोर भएको थियो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved