आजदेखि सांसदहरूको डिजिटल हाजिरी, वेबसाइटमार्फत् विवरण सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2024 | 03:58:51 PM मा प्रकाशित

laxmi  sunrise bank

आजदेखि प्रतिनिधिसभाका सांसदहरूको डिजिटल हाजिरी हुने भएको छ । आज बसेको  प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरुको डिजिटल हाजिरी गर्ने निर्णय गरेको हो  ।

साथै विद्युतीय हाजिरीको विवरण वेबसाइट मार्फत सार्वजनिक गरिने भएको छ । त्यस्तै प्रतिनिधिसभा बैठकको कार्यतालिका लागु गर्ने निर्णय पनि कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको छ ।

कार्यव्यवस्था समितिको निर्णयमा भनिएको छ 'आजदेखि सुरु हुने तेस्रो अधिवेशनदेखि प्रतिनिधिसभा बैठकको कार्यतालिका लागु गर्ने । विद्युतीय उपस्थिति तथा उपस्थिति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने'।

यस अघि संसद सचिवालयले यसअघि सांसदहरूले हाजिरी पुस्तिका र विद्युतीय हाजिरीमध्ये कुनै एकमा हाजिर गरे हुने व्यवस्था मिलाउँदै आएको थियो। अब भने डिजिटल हाजिरी अनिवार्य गरएको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved