आज नेपाल सहित विश्वका १७० देशमा 'सुरक्षित इन्टरनेट दिवस' मनाइँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 08:57:33 AM मा प्रकाशित

laxmi  sunrise bank

“राम्रो र सुरक्षित इन्टरनेटको लागि साथसाथ” नाराकासाथ मनाइने यस दिवसले सरकार, नीति निर्माता, नीजी क्षेत्र, सूचना प्रविधि क्षेत्र र अन्य जिम्मेवार निकाय तथा संस्थालाई उत्तरदायी बनाउन र आआफ्ना जिम्मेवारी निर्वाह गराउन पैरवी गर्दछ । साथै, यसले सुरक्षित इन्टरनेटको लागि बालबालिका, युवा, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, विद्यालय, सघसंस्था तथा अन्य सरोकारवालालाई एकजूट हुन आह्वान गर्दछ ।

सन् २००४ देखिँ हरेक वर्ष फेब्रुवरी महिनामा विश्वव्यापी रुपमा सुरक्षित इन्टरनेट दिवस मनाउन थालिएको भएता पनि नेपालमा सन् २०१९ देखिँ मात्र चाइल्डसेफनेटको पहलमा यस दिवस मनाउन थालिएको हो । बालबालिका तथा युवावर्गका लागि सुरक्षित इन्टरनेटको लागि कार्यरत विशिष्टिकृत संस्था चाइल्डसेफनेटले सन् २०१९ देखिँ नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको छ ।

अनलाइनमा बालबालिकालाई सुरक्षित राख्न चेतनामूलक कार्यक्रम संचालन गर्नका लागि सुरक्षित इन्टरनेट दिवसलाई अझ बढी प्रभावकारी र व्यापक बनाउन नेपालमा यसै वर्ष सुरक्षित इन्टरनेट दिवस समन्वय समिति गठन भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय बाल अधिकार परिषद्को सदस्य–सचिवको अध्यक्षतामा गठित यस समन्वय समितिमा चाइल्डसेफनेटले सचिवालयको भूमिका निर्वाह गरेको छ ।

सूचना प्रविधिको विकासले फड्को मारेसंगै यसले बालबालिका र युवालाई अनलाइनमा असुरक्षित बनाएको पनि छ । चाइल्डसेफनेट र युनिसेफको एक अध्ययनअनुसार नेपालमा पाँचजनामा एकजना बालिका र दशजनामा एकजना बालक अनलाइन यौन दुरव्यवहारमा पर्ने जनाएको छ ।

सुरक्षित इन्टरनेटको लागि सबै मिलेर काम गर्न आवश्यक भएको बताउँदै चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशी भन्छन्, “प्रत्येक बालबालिकालाई वास्तविक जीवनमा जस्तै अनलाइनमा पनि सुरक्षित हुने अधिकार छ । यो अधिकार सुनिश्चित गरेर बालबालिकालाई अनलाइनमा समेत सुरक्षित राख्नु हामी सबैको जिम्मेवारी हो ।” 

यस डिजीटल युगमा इन्टरनेटले हाम्रो जीवन सजिलो बनाएको छ । तर, यसको सुरक्षित प्रयोग गर्न पनि अति आवश्यक छ । बालबालिका र युवाले प्रविधिको प्रयोग धेरै गर्ने तर धेरै बालबालिकालाई अनलाइन सुरक्षाबारे ज्ञान नभएकोले इन्टरनेटको उनीहरू अनलाइन दुरव्यवहार र शोषण, साइबरबुलिङ्ग, साइबर ग्रूमिङ्ग, फिसिङ्ग र सेक्सटोर्सन जस्ता गम्भीर जोखिममा पर्न सक्दछन् ।

यस वर्ष सुरक्षित  इन्टरनेट दिवस माघ २३ गते मनाइने भएता पनि चाइल्डसेफनेट र सहकर्मी संस्थाहरुले देशका विभिन्न भागहरूमा अनलाइन सुरक्षा सचेतना कार्यक्रमहरु सञ्चालन गर्नेछन् ।

संयुक्त राष्ट्रसंघीय निकाय, आईएनजीओ, गैरसरकारी संस्था, सामुदायिक संस्था, निजी क्षेत्र र सञ्चारगृह लगायतका चवालीस वटा संस्थाले सुरक्षित इन्टरनेट दिवसको प्रवर्धन गर्न ऐक्यबद्धता गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved