सूचना प्रविधीलाई प्राथमिकतामा राखेर आर्थिक समृद्धि हासिल गर्नु पर्छ : अध्यक्ष मल्ल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2024 | 02:54:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधी सम्वन्धी उद्योगलाई प्राथमिकतामा राखेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आज शुरु भएको क्यान इन्फोटेक मेलाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले डिजिटल अर्थतन्त्र राज्यको प्राथमिकतामा पर्नुपर्ने बताए  । 

विश्वमा सूचना प्रविधिको विकासले तिव्र फड्को  मारिरहेका बेला नेपालले पनि यसबाट फाईदा लिनुपर्ने अध्यक्ष मल्लको भनाई छ । उनले भने , ‘नेपालले अन्तराष्ट्रिय आईटी कम्पनीको व्याकअपका रुपमा काग गर्न सक्छ । हाम्रा थुप्रै युवाहरुलाई रोजगारीको मुल प्रवाहमा ल्याउन सकिन्छ, ।’

सूचना प्रविधि सम्वन्धी अन्तराष्ट्रिय  ठूला कम्पनीको व्याकअपका रुपमा काम गरेर रेमिट्यान्स भित्र्याउन सकिने अध्यक्ष मल्लले जोड दिए  । अन्तराष्ट्रिय आइटी कम्पनीका लागि सर्पोट एवं विभिन्न एप्सहरु बिक्री माफर्त नेपालले गत वर्ष झण्डै ६८ अर्व रुपैयाँ आम्दानी गरेको अध्यक्ष मल्लले स्मरण गरे  ।

मुलुकको आर्थिक समृद्धिका लागि अवको प्राथमिकता आईटी क्षेत्र र सोही अनुसारको नीति हुनुपर्ने अध्यक्ष मल्लले बताए  । डिजिटल अर्थतन्त्र मार्फत आर्थिक गतिविधी बढाउनुपर्नेमा उनले जोड दिए  ।  सूचना तथा संचार एवं प्रविधिका नयाँ नयाँ साधनहरुलाई  आमजनताको पहुँचमा पुग्नेगरी गतिविधी विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए  । डिजिटल अर्थतन्त्र विकास गर्न सकिए आर्थिक पारदर्शिता कायम हुने अध्यक्ष मल्लले बताए  । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved