टियुको उपकुलपति नियुक्तिका लागि १४ जनाको नाम सर्टलिस्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2024 | 08:50:52 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि १४ जनाको नाम सर्टलिस्ट भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले आवेदन दिएका  ४३  जना मध्येबाट १४ जनाको नाम सर्टलिस्ट गरेको हो।

सर्टलिस्टमा पर्नेमा  कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलबासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापा रहेका छन् ।

सर्टलिस्टमा परेकाले अब आफ्नो सोचपत्र र व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्ने छ । त्यसका लागि  माघ २९ गतेदेखि फागुन २ गतेसम्मको समय तालिका निर्धारण गरिएको छ । प्रस्तुतीकरणको मूल्यांकन र अन्तर्वार्ता लिएर सर्वोत्कृष्ट अंक पाउने तीन जनाको नाम सिफारिस समितिले प्रधानमन्त्री तथा त्रिवीका कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने छ। ती तीन जनामध्ये एक जनालाई कुलपतिले उपकुलपति नियुक्त गर्ने छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि सहकुलपतिसमेत रहेका शिक्षामन्त्री अशोक कुमार राई नेतृत्वको सिफारिस समितिले आवेदन माग गरेको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved