दियालो र सीटीआईलले गरे खानेपानी क्षेत्रलाई अत्याधुनिक गर्ने सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2024 | 06:35:09 PM मा प्रकाशित

laxmi  sunrise bank

दियालो टेक्नोलोजिज र जापानको सीटीआइ इन्जिनियरिङ कम्पनीबीच प्राविधिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा टेक्नोलोजिजको तर्फबाट प्रमुख सञ्चालन अधिकृत सरस्वती पोखरेल र सिटिआइ कम्पनीका तर्फबाट प्रोजेक्ट म्यानेजर यासुको कामेगाइले हस्ताक्षर गरेका छन् ।

सम्झौताले अनुसार खानेपानी क्षेत्रको अटोमेसन, खानेपानी समितिहरुको क्षमता विकासको लागि सहकार्य हुने जनाएको छ । उक्त सहकार्यले स्मार्ट मिटारिंग सहितको प्रबिधि प्रयोगले पानीको उत्पादन र वितरण प्रणालीको अटोमेसन र डिजिटलाइजेसनमा ठुलो फड्को मार्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । 

साथै साझेदारीले सबैको लागि सुरक्षित पानीको पहुँच, खानेपानीको क्षेत्रमा रहेका चुनौती समाधान गर्न प्रविधको प्रयोग, प्रविधि निर्माणमा सहकार्य लगायतका कामहरु हुने बताइएको छ ।

दियालो टेक्नोलोजिज खानेपानी क्षेत्रमा प्रविधिको प्रयोग गरि सहजता प्रदान गर्ने कम्पनी हो । हाल देशभर ८ सय भन्दा बढि संस्थाहरुमा दियालोले विकास गरेको सफ्टवेयरको प्रयोग भइरहेको छ । सीटीआइ इन्जिनियरिङ इन्टरनेशनल कम्पनी जापानको अग्रणी कम्पनी हा । जसले पूर्वाधार र दिगो शहरी तथा खानेपानीको क्षेत्रमा प्रविधिको प्रयोग मार्फत सहयोग पुर्याउँदै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved