क्यान इन्फोटेकमा 'ग्रीन गोल्ड व्याम्बु': जे सामान छ, बाँस कै मात्र छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2024 | 07:24:20 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक प्रदर्शनीमा सूचना र प्रविधि सम्बन्धि स्टलको भिडमा हस्तकलाको पनि स्टल छ। जहाँ “ग्रीन गोल्ड व्याम्बु” ले बाँसबाट बनेका सामग्रीहरुको प्रदर्शन तथा बिक्री गरिरहेको छ । 

उक्त स्टलमा हामीले दैनिक प्रयोग गर्ने  टूथब्रस, कपाल कोर्ने काइयो, तातो पानि खाने कप लगायतका सामग्रीहरु प्रदशनमा छन्। जुन बाँसबाट नै बनेका हुन् ।

“ग्रीन गोल्ड व्याम्बु”का  सञ्चालक केशव अधिकारीले विगत ३ वर्षदेखि बाँसबाट बनेका सामग्री बिक्री गर्दै आएका छन् । उनको कम्पनीले घर, कटेज, रेस्टुरेन्ट, होटल र अफिस  सजाउने कार्य पनि गर्दै आएका छन्। 

“ग्रीन गोल्ड व्याम्बु”   मा १०० रुपैयाँको दात सफा गर्ने “टूथब्रस” देखि २० हजार सम्मको व्याम्बुझुमर लाईट पाईन्छ ।  सामानहरु अनलाईनबाट खरिद गर्न सकिन्छ । बाँस कै हुक्का पनि विक्रि गर्ने गरेको छ । यसको मूल्य २ हजार रुपैयाँ रहेको छ।



 बासँलाई सुन सँग तुलना गरेर जुर्यो “ग्रीन गोल्ड व्याम्बु”

ग्रीन गोल्ड व्याम्बु २०२१ सालमा केशव अधिकारीले सुरु गरेका हुन् । उनी सानै देखि नेपालमा नै केहि गर्ने सोचेका थिए । परिवार कै प्रेरणामा उनले बाँसको काम थालेका हुन् । 

उनी भन्छन्  “मलाई नेपालमा ९५ प्रतिशत मानिसले नगरेको, आवश्यक सामग्री सजिलै पाउने र आवश्यक जनशक्ति पनि सजिलै पाउन सक्ने व्यापार गर्न मन लाथ्यो । अरु ठाउँमा काम गर्दा पनि म यस्तो व्यापारको बारेमा अनुस न्धान नै गरिरहन्थे, त्यहि क्रममा मैले बासँका सामाग्री भेटे । त्यसपछि यसकै व्यापार गर्ने सोच बनाएर अघि बढेको हुँ ।”

 बासँ उम्रिए देखि ठूलो हुँदा सम्म यसको प्रयोग गर्न मिल्ने भएकाले यसको नाम ग्रिन गोल्ड व्यम्बो राखिएको उनी बताउछन्। उनका अनुसार बासँ उम्रदै गर्दा त्यसको अचाँर बनाइन्छ र ठुलो भएपछि विभिन्न कामका लागि प्रयोग गरिन्छ । “विभिन्न तरिकाले यसलाई प्रयोग गर्न सकिने भएकाले यसलाई सुन सँग तुलना गरेर ग्रीन गोल्ड व्याम्बु नाम राखिएको हो,”उनले भने ।

 नेपालका धेरै ठाउँमा कसले बासँका सामानहरु बनाउछन् भनेर खोजेको र विभिन्न ठाउँमा बनेका सामान ल्याएर बेच्न थालेको उनी बताउछन् । उनले भने, “मैले देशका विभिन्न ठाउँहरुबाट बासँका सामानहरु ल्याएर बिक्री गर्ने गरेको छु । बनाउने मानिसलाई रोजगारी पनि भयो सामान बनाउन मैले प्रोत्साहन पनि गरिरहेको छु ।” 

विदेशबाट सामान आयात 

नेपालमा मेसिनरी सामानहरु नभएकाले विदेशबाट पनि बाँसका सामान ल्याएर बिक्री गर्ने गरेको उनी बताउछन् । उनले विदेशबाट पहिलो पटक व्याम्बु बास्केट, कप, हुक्का र टूथ ब्रस नेपालमा भित्राएर बिक्री गरेको बताए । हाल उनले भारत र चीनबाट पनि सामान ल्याउने गरेका छन्। अहिले नेपालका ७ वटा जिल्लाबाट बासँका सामानहरु ल्याउने गरेको र  साथै ३५ भन्दा बढिको प्रोजेक्ट पनि बनाई सकेको उनले बताए। 

 “टूथब्रस” लोकप्रिय 

ग्रीन गोल्ड व्याम्बुले टुथ ब्रस भारतबाट आयात गर्ने गरेको छ । यसले पहिलो पटक २ हजार थान “टूथब्रस” नेपालमा भित्राएर बिक्री गरेको थियो । अधिकारीका अनुसार यो सामान पहिलो पटकमा नै राम्रो सँग विक्रि भयो । उनले टूथब्रस बिक्री गरेर पहिलो वर्ष नै ६ लाख रुपैयाँको आम्दानी गरेका थिए । अहिले पनि सबैभन्दा धेरै बिक्री हुने सामानको सूचीमा टुथ ब्रस नै रहेको उनले बताए ।  

बासँको एउटा घर बनाउन लाग्ने रकम

ग्रीन गोल्ड व्याम्बुले सामान बिक्री गरेर भन्दा परियोजनाका काम बाट धेरै आम्दानी गर्ने गरेको छ । एउटा परियोजना गरेर नै १० लाख सम्म कमाउने गरेको केशवले बताए । १० लाखको परियोजना १ महिनामा सकिने गरेको पनि उनले बताए । उनका अनुसार पुरै बासँको प्रयोग गरेर घर निर्माण गरिन्छ। “मैले यो कामको सिलसिलामा जतिपनि मानिस भेटेको छु ति सबैले तारिफ मात्र गर्नु भएको छ । सबैले आईड्या एकदम राम्रो छ, गर्दै जानुहोस् एक दिन सफल हुँनुहुनेछ भन्ने गरेका छन्,” उनले भने । बासँको घर, रेस्टुरेन्ट, अफिस आदि बनाउदा गुणस्तर र घरको आकार हेरेर त्यसको मूल्य तय गरिने गर्ने गरेको उनले बताए ।



आफ्नो कामलाई अहिले सम्म कुनै पनि ठाउँबाट प्रोत्साहन नभएको उनले दुखेसो पोखे । काठमाडौँ महानगरपालिकाले मात्र थोरै सहयोग गरेर भृकुटीमण्डपमामा स्टलको लागि थोते ठाउँ पाएको उनको भनाई छ ।

“बासँको प्रयोग गरेर हजारौ सामानहरु बनाएर राम्रो आम्दानी गर्न सकिन्छ तर, यस्तो काम गर्नेलाई बजारले नै प्रोत्साहन  गर्यो भने हामीमा अझ जोश आउथ्यो होला,” उनले भने, “हामी सँग टेक्नोलोजी छैन, नेपाल सरकाले यसको व्यवस्थापन गरिदियो भने यो क्षेत्रमा राम्रो हुन्छ जस्तो लाग्छ ।”

हाल ग्रीन गोल्ड व्याम्बुले १५० प्रकारका सामाग्रीहरु विक्रि गर्ने गरेको छ । ग्रीन गोल्ड व्याम्बुको सामान बिक्री गर्ने ठाउँ तारकेश्वरमा रहेको छ । यसले अनलाइन माध्यम इन्ष्टाग्राम, फेषबुक, भाइबर र व्हाट्सएपबाट पनि सामाग्री बिक्री गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved