फर्जी कागजात बनाएर ८ करोड दूरुपयोग गर्ने अभियुक्त पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2024 | 08:41:10 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ् कसूर मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् । काभ्रेको पनौति घर भएका अभियुक्त रामभक्त थापालाई प्रहरी अनुसन्धान ब्यूरोले शुक्रबार पत्राउ गरेको हो ।

उनलाई कोटेश्वोरबाट पक्राउ गरेको ब्यूरोले जनाएको छ । 

प्रहरीका अनुसार उनले फर्जी कागजात पेश गरेर ८ करोड ५० लाख रुपैयाँ कर्जा लिएका थिए । क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीका कर्मचारीलाई प्रभावमा पारेर उक्त रकम कर्जा लिएका थिए । उनले आफैले संचालन गरेको काभ्रे ब्रोइलर सप्लायर्सको नाको कम्पनीको फर्जी कागजात पेश गरेका जनाइएको छ । 

उक्त कर्जा दूरुपयोग गरी उक्त फाईनान्सलाई हानि नोक्सानी पारेको पुर्याएको भन्दै उनलाई मुद्दा परेको थियो । उनले फाईनान्सलाई ९ करोड ७ लाख ६ हजार ३८७ रुपैयाँ ७४ पैशा हानि नोक्सानी पुराएको भन्दै मुद्दा दायर भएको थियो । 

२०७१ वैशाख २९ गते साविकको पुररावेदन अदालत पाटनले ३ वर्ष कैद र विगो असूल गरी विगो बमोजिम जरीवाना हुने फैसला गरेको थियो । सो फैसलासँगै उनी फरार भएका थिए । 

प्रहरीले उनलाई काठमाडौँ जिल्ला अदालत पेश गरेको जनाइएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved