हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा कार्की, महासचिवमा पराजुली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 09:33:35 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचन र सोमबार बिहान सम्पन्न मतगणनाको परिणाम अनुसार कार्की ४३४ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी लोपसाङ शेर्पाले ४२१ मत प्राप्त गरे । 

वरिष्ठ उपाध्यक्षमा गंगाबहादुर घिमिरे ४४२ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी अर्जुन कार्कीले ४०२ मत पाए ।

महासचिवमा रामचन्द्र पराजुली ४४३ मतसहित निर्वाचित भएका छन् । उनका प्रत्याशी भक्तबहादुर पराजुलीले ३९१ मत मात्रै प्राप्त गरेका छन् । 

४ जना सचिवमा विकास प्रसाद रिसाल, आङदोर्जे शेर्पा, तुलसी राउत र सुब्बा श्रेष्ठ निर्वाचित भएका छन् । 

संघको प्रथम उपाध्यक्षमा सुरेश श्रेष्ठ, उपाध्यक्षहरुमा सुजित बस्नेत, निराजन श्रेष्ठ, भरतबहादुर कार्की र ओमनाथ घिमिरे, कोषाध्यक्षमा लालबहादुर बस्नेत र सह कोषाध्यक्षमा सुमनकाजी श्रेष्ठ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved