गृह मन्त्रालयले भन्यो 'फागुन १ गते सार्वजनिक विदा छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 01:24:48 PM मा प्रकाशित

laxmi  sunrise bank

गृह मन्त्रालयले फागुन १ गते मंगलबार सार्वजनिक विदा नरहेको प्रष्ट पारेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै  २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको हो ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ 'सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/१०/२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९/१२/०२) मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ ।'

सरकारले फागुन १ गते जनयुद्द दिवसको अवसरमा भनेर सार्वजनिक विदा दिने निर्णय गरेपनि सर्वोच्च अदालतले सो विदाबदर गरिदिएको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved