तत्कालीन वेष्ट्रन डेभलपमेन्ट बैंकका पीडितहरुद्वारा दाङमा प्रदर्शन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 02:52:50 PM मा प्रकाशित

laxmi  sunrise bank

तत्कालीन वेष्ट्रन डेभलपमेन्ट बैंक लिमिटेडका पीडितहरुले शनिबार दाङमा प्रदर्शन गरेका छन् । बैंकका संचालक समितिका सदस्य प्रमुख कार्यकारी अधिकृत र तत्कालीन शाखा प्रबन्धकको मिलेमतोमा भएको १८ करोड प्रकरणमा आफुहरुलाई फसाईएको दाबी गर्दै उनीहरुले शहर परिक्रमासहित विरोध गरेका हुन् । 

प्रदर्शनमा पीडीत र पीडितका परिवार, र सामाजिक अभियन्ता गरि ५०० हाराहगरीको उपस्थिति थियो । दाङको तुलसीपुर चोकबाट सुरु भएको प्रदर्शन शहर परिक्रमा गरि पुन: सोही चोकमा आई कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै पीडितहरुले अदालतको सेटिङमा सोझा जनतालाई फसाएर खास दोषीलाई उन्मुक्ती दिइएको आरोप लगाएका थिए । 

तत्कालीन वेस्टर्नमा कुल १८ करोड रुपैयाँ घोटाला भएको थियो । बैंकका प्रबन्धक समीर बुढाथोकीले आफू नगदमा सापटी लिने र फर्जी ऋणी खडा गरेर आफुले सापटी लिएकाहरुको खातामा फर्जी ऋणबापतको रकम हाली घोटाला गरेका थिए । सोही कारण आफुले नगदमा सापटी दिएका र बैंक खातामार्फत पैसा फिर्ता लिएकाहरु यो केसमा फसेका हुन् । उच्च अदालत दाङले आफुहरुलाई दोषी देखाएपछि पीडितहरु अहिले सर्वोच्च गएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved