बैंकको ब्याजदर घट्दो छ, लगानीकर्ताको विश्वास बढ्दै गएको छ : अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 04:22:01 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्री डा. प्रकाश शरण महतले समग्र अर्थतन्त्रमा सुधार आएको बताएका छन् । आज अर्थ मन्त्रालयमा चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्थवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थ मन्त्री महतले क्रमश अर्थतन्त्रमा सुधार आईरहेको बताएका हुन् ।

उनले बैंकिङ क्षेत्रमा सुधार आएको, तरलता पर्याप्त रहेको, ब्याजदर घट्दो क्रममा रहेको, पर्यटन क्षेत्र सुधार उन्मुख रहेको, पौषसम्म ५ लाख बढी पर्यटक भित्रिएको , महँगी ६.५ प्रतिशतमा सिमित गर्ने लक्ष्यमा ५.८ प्रतिशत कायम गर्न सफल रहेको, कर्जा प्रवाह बढेको , तथा २.६ प्रतिशतले आन्तरिक कर्जा प्रवाह बढेको उल्लेख गरे ।

त्यस्तै उनले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ४ प्रतिशतले बढेको तथा २४ अर्ब बढीको नयाँ धितोपत्र स्वीकृत भएको छ, बजार पुँजीकरण ३३ खर्ब पुगेको र  लगानीकर्ताको विश्वास बढ्दै गएको बताए । 

उनले राजस्व संकलनमा ७७.७४ प्रतिशत लक्ष्य हासिल भएको बताए ।  राजस्व वृद्धिदर ९.३७ प्रतिशत रहेपनि मन्त्रालय यसमा सन्तुष्ट नभएको उनले प्रष्ट पारे। राइलेक्ट्रिक सवारीमा गरिएको प्रोत्साहनको कारण राजस्व अपेक्षा अनुसार नबढेको उनले बताए। उनले भने 'इन्धन गाडीको आयातमा ३ सय प्रतिशतसम्म कर लाग्थ्यो, अहिले इन्धन गाडीको आयात कम हुँदा राजस्व जति बढ्नुपर्ने हो, त्यति बढ्न नसकेको हो ।'

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्थवार्षिक समीक्षा सार्वजनिक गर्दै मन्त्री महतले चालु आर्थिक वर्षको बजेटको आकार घटाएका छन्।  उनका अनुसार अब बजेटको आकार १५ खर्ब ३० अर्ब कायम गरिएको छ । जुन कुल बिनियोजनको ८७.३८ प्रतिशत हो । 

 अर्थ मन्त्री डा. प्रकाश शरणले महतले गत जेठ १५ गते चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएका थिए। अब भने बजेटको आकार  १५ खर्ब ३० अर्ब कायम गरिएको हो।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved