लजगा ह्यान्डिक्राफ्टले चावहिलको मैजुबहालमा आफ्नो नयाँ शोरूमको उद्घाटन गरेको छ । वरिष्ठ कलाकार हरिप्रसाद शर्माको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै शर्माले लजगा हस्तकलाका सृजनाहरूले सम्पदालाई हाइलाइट गर्दै लैजाने विश्वास व्यक्त गरे ।
सो कार्यक्रममा बोल्दै हस्तकलाकी संस्थापक कल्पना श्रेष्ठले नेपाली पहिचानलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
त्यस्तै कार्यक्रममा नेपाल इन्टरनेट फाउन्डेसनकी तजन्ना श्रेष्ठले आफ्ना चित्रकलाहरू समेत प्रदर्शन गरेकी थिइन् ।
उनका अनुसार ह्यान्डिक्राफ्टले नेपालको सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्न र स्थानीय कारीगरहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न सघाउने छ ।