अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि केहि समस्या देखिएको छ: कार्यबाहक गर्भनर ढुंगाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2024 | 11:55:22 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि यसको समस्या देखिएको बताएकी छिन्। महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै ढुंगानाले यस्तो बताएकी हुन्।

बैंकमा केहि समस्या आएपनि यी समस्या छिट्टै ठिक हुने उनको भनाई थियो । उनले  छिमेकी देशहरुको तुलनामा नेपलाको एनपिएल कम नै रहेको जानकारी गराईन्। नेपालमा वित्तीय क्षेत्रको आकार र पहुंच विस्तार भएको, निजी क्षेत्रमा जाने कर्जा विस्तार भएको र अर्थतन्त्रका अधिकांश सूचक सकरात्मक देखिएकाले बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या पनि छिट्टै ठिक हुने विश्वास उनले व्यक्त गरेकी छिन्। त्यस्तै पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिने उनको भनाई थियो ।

साथै उनले बैंक तथा वित्तीय संस्थाबाट ऋण ऋण लिएपछि तिर्नुपर्ने स्पष्ट पारेकी छिन्।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved