स्याङ्जामा रित्तियो नेकपा एस, जिल्ला इन्चार्ज अध्यक्षसहित ४८ नेता-कार्यकर्ता एमालेमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2024 | 11:57:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्ला इन्चार्ज महेन्द्र थापा र जिल्ला अध्यक्ष रामचन्द्रभट्टराई सिंगो टीमसहित नेकपा एमालेमा समाहित भएका छन्। नेकपा एस, कम्युनिस्ट बिरोधी मोर्चा प्रमाणित भएको ठहरसहितस उनीहरु एमालेमा समाहित भएका हुन। 

थापा र भट्टराइसहित सवै नेता–कार्यकर्ताहरूलाई पार्टी मुख्यालय च्यासलमा आयोजित विशेषकार्यक्रमबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन्।  थापा र भट्टराइसहित नेकपा एस त्यागेर जिल्ला कमिटीका ४८ जना सदस्यहरू एमाले फर्केका हुन्।   

उनीहरु नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि अनवरत रुपमा योगदान पुर्याउँदै आएका नेता कार्यकर्ता हुन्। माधव नेपालको भ्रममा परेर गलत कदम चाल्न पुगेको र सो पार्टी कम्युनिस्टआन्दोलनबिरोधी मोर्चा प्रमाणित भएकोले मूल घर फर्किएको दुवै जना नेताले बताए। 

थापा र भट्टराइसहित सवै नेता-कार्यकर्ता एमाले समाहित भएपछि स्याङ्जामा माधव नेतृत्वको नेकपा एस रित्तिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved