भृकुटीमण्डपमा जुत्ताचप्पल मेला हुँदै, ७५ प्रतिशत छुटको व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2024 | 06:31:42 PM मा प्रकाशित

laxmi  sunrise bank

 भृकुटीमण्डपमा १५ वटा कम्पनीको संयुक्त आयोजनामा  जुत्ताचप्पल व्यापार मेला हुने भएको छ । फागुन ९ गतेदेखि मेला सुरु हुने भएको हो ।

मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् । स्वदेशमा उत्पादित जुत्ता–चप्पलहरू एवम् स्वदेशी तथा विदेशी ब्रान्डका जुत्ता–चप्पल खरिद गर्न सकिने जानकारी व्यवसायी डिल्ली सुवेदीले दिए । उनका अनुसार, मेलामा विभिन्न  ब्राण्ड का झण्डै एक हजार  भन्दा बढी मोडलका जुत्ता–चप्पल उपलब्ध रहनेछन् । एकै ठाउँमा विभिन्न मोडलका जुत्ता–चप्पल उपलब्ध हुने हुँदा ग्राहकलाई खरिद गर्न सहज हुने जानकारी पनि सुवेदीले दिए ।

आयोजकका अनुसार मेलामा १५ देखि ७५ प्रतिशत छुटको व्यवस्था छ । पुरुष, महिला र बालबालिका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल उपलब्ध हुनेछ । 

मेलामा नेपालका चर्चित ब्राण्डका जुत्ता–चप्पल उत्पादन गर्दै आइरहेका स्टेप अन फुटवेयर प्रा.लि., कम्फर्ट लेदर सुज, मध्यपुर जुत्ता उद्योग, माता पाथीभरा देवी इन्टरप्राइजेज, न्यु फेमस सुज सेन्टर प्रा.लि, राज प्लाष्टिक उद्योग,  ओसियन सुज, माता पाथीभरा देवी ग्रुप अफ इन्ड्रष्टिज प्रा.लि, Comfy लेडिज र सिटिजन्स सुज लगायत कम्पनीहरूको मेलामा सहभागिता हुने बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved