त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजङ्ग बराल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2024 | 04:46:54 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालय ऐन, २०४८ को दफा १८ (२) बमोजिम प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपति नियुक्त गरेका हुन्  ।

उपकुलपति सिफारिस समितिले उपकुलपति नियुक्तिको लागि  प्रा डा चित्रबहादुर बुढाथोकी, प्रा डा केशरजङ्ग बराल र प्रा डा टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो । जस मध्येबाट बराल उपकुलपति नियुक्त भएका हुन् । त्रिभुवन विश्वविद्यालयमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गरिएको हो । उपकुलपतिको लागि ४३ जनाले आवेदन दिएका थिए ।

उपकुलपति नियुक्त भएका बराल  पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन् ।पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्राध्यापक बराल २०६० देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति थिए । भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधी गरेका  उनी व्यवस्थापन संकायका प्राध्यापक हुन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved