लघुवित्त पीडितहरु संसद भवन प्रवेश गरेको घटना छानबिन गर्न समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2024 | 09:11:33 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त पीडितहरु संसद भवन प्रवेश गरेको घटना छानबिन गर्न नेपाल प्रहरीले छानबिन समिति बनाएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको हो ।

समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् । समितिलाई  लघुवित्तका ऋणीहरु कसरी निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र प्रवेश गरे र कहाँ कहाँ कमजोरी रह्यो भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

आज दिउँसो लघुवित्त पीडितहरु संसद भवन मै प्रवेश गरेर नाराबाजी गरेका थिए । प्रदर्शन गर्ने ४८ महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved