चैत ३ गते ५ किलोमिटर फन रन कार्यक्रम हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2024 | 08:51:28 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर हाइयर ग्राउण्ड नेपालले ५के फन रन कार्यक्रम चैत ३ गते  सञ्चालन गर्ने भएको छ । यो कार्यक्रम झन्डै तीन वर्षको अन्तरालपछि  जावलाखेल स्थित सेन्ट जेभियर्स स्कुलको खेलकुद मैदानमा हुन लागेको हो । कार्यक्रम विहान ७ बजे बाट सुरु हुने छ ।

समुदाय–संचालित कार्यक्रमले नेपाली महिलाहरूको सशक्तिकरणमा टेवा पुर्याउनुका साथै विभिन्न विपन्न वर्गका व्यक्तिहरूको सहयोगको निम्ति महत्त्वपूर्ण कोष जुटाउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । 

कार्यक्रम सञ्चालकले यस वर्ष को फन रन कार्यक्रममा १५०० भन्दा बढी सहभागीहरू र सामुदायिक स्वयंसेवकहरूको अपेक्षा गरेका छन् । यसपालिको ५ के फन रन मा सबै उमेर समुहका मानिसले भाग लिन पाउने छन् । भाग लिन कुनै पनि प्रकारको उमेर, लिङ्ग को रोकतोक नभई सबैका लागि खुला रहेको छ । 

कार्यक्रममा ५के दौडबाहेक विभिन्न रमाइला कार्यक्रम – जस्तै एलिगेन्ट जुम्बा जोन द्वारा संचालित जुम्बा डान्स, बालबालिकाहरू खेल्ने ठाउँ, फेस पेन्टिङ लगायत महिला उद्यमीहरूद्वारा सञ्चालित स्टलहरू हुनुका साथसाथै ब्लाइन्ड रक्स संस्थाद्वारा सांगीतिक कन्सर्ट पनि हुनेछन् । 

कार्यक्रमको सहभागी शुल्क रु ५०० रहेको छ । उक्त दर्ता शुल्कमा प्रत्येक सहभागीहरूले टी–शर्ट, सहभागीता पदकका साथसाथै खाजा समेत प्राप्त गर्नेछन् ।

सन् २०१५ देखि वार्षिक रूपमा  हुन थालेको यस फन रन कार्यक्रममा विभिन्न पृष्ठभूमिका ३००० भन्दा बढी महिलाहरू सहित कुल ५००० भन्दा बढी सहभागीहरू भाग लिईसकेका छन् ।  पछिल्ला वर्षको फन रनले जोखिममा परेका महिलाहरूका लागि सीपमूलक तालिम र सीमान्तकृत वर्गका बालबालिकाका लागि छात्रवृत्ति जस्ता जीवन परिवर्तन गर्ने पहलहरूलाई सहयोग गरेको छ । यसै योगदानलाई कायम राख्दै यस वर्ष पनि फन रन कार्यक्रम मार्फत हाइयर ग्राउण्ड नेपालले छात्रवृत्ति तथा महिला सशक्तिकरण कार्यक्रमहरूमा सहयोग गर्ने लक्ष्य राखेको छ ।  कार्यक्रमका गुडविल एम्बासेडर नेपालका प्रसिद्ध धावक रशिला तामाङ्ग रहेकी छिन् । 

कार्यक्रमको मुख्य प्रायोजक हायर ग्राउन्ड नेपाल रहेको छ भने अन्य प्रायोजकहरू शेरा, डीएचएल, फेदरवेब्स, रामखामहेङ एडभेन्ट इन्टरनेशनल स्कूल (च्ब्क्ष्क्) – थाइल्याण्ड, मानबहादुर श्रेष्ठ मेमोरियल फाउण्डेशन र पार्क एभिन्यु रहेका छन् ।

कार्यक्रममा सहभागीहरूले खल्ती एप वा फन रनको आधिकारिक वेबसाइटमार्फत आफ्नो नाम दर्ता गर्नु पर्ने छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved