अर्थमन्त्री डा. प्रकाश शरण महतको अमेरिका भ्रमण स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2024 | 08:51:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अर्थमन्त्री डा. प्रकाश शरण महतको अमेरिका भ्रमण स्वीकृत गरेको छ । फागुन १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री महतको अमेरिका भ्रमण स्वीकृत गरेको हो ।

मन्त्री महत २०८० चैत १ देखि ९ सम्मको लागि अमेरिका जाने भएका हुन्।  संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि.सी.मा आयोजना हुने विश्व बैंक र नेपालबीचको साझेदारीको नयाँ खाका, नेपालमा आयोजना हुन लागेको IDA 21 Replenishment को दोस्रो बैठकको तयारी तथा माथिल्लो अरूण जलविद्युत आयोजनासम्बन्धी बैठकमा सहभागी हुन उनी अमेरिका जान लागेका हुन् ।

मन्त्री महतको साथमा अर्थ मन्त्रालयका सचिवसहितको प्रतिनिधि मण्डल पनि सहभागी हुने छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved