कांग्रेस र माओवादीले टुंग्याए राष्ट्रियसभा अध्यक्षको उम्मेदवार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 06:50:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले  राष्ट्रियसभा अध्यक्षको उम्मेदवारको नाम टुंगो लगाएका छन्। दुवै पार्टीको आज बसेको बैठकले राष्ट्रियसभा अध्यक्षको लागि आफ्नो उम्मेदवारको नाम टुंगो लगाएको हो। 

कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।  

त्यस्तै  माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ। दाहाल प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका भाई हुन्। दाहाल राष्ट्रिपतिद्वारा मनोनित राष्ट्रिय सभा सदस्य हुन् ।

राष्ट्रिय सभाले पारित गरेको क्यालेन्डरअनुसार राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार मनोनयन सोमबार हुनेछ। सम्बन्धित दलले उम्मेदवारलाई निर्वाचित गरियोस भनेर प्रस्ताव दर्ता गराउनुपर्नेछ। मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा मतविभाजनबाट निर्वाचन हुनेछ। 

माओवादी नेतृत्त्वको पछिल्लो गठबन्धनले माओवादीका उम्मेदवारलाई राष्ट्रिय सभा अध्यक्ष र नेकपा एमालेका उम्मेदवारलाई राष्ट्रिय सभा उपाध्यक्षमा  समर्थन जनाउने सहमति गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved