दूध किसानका लागि ३० करोड रुपैयाँ निकासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2024 | 05:56:06 PM मा प्रकाशित

laxmi  sunrise bank

दुग्ध किसानले पाउन बाँकी बक्यौता भूक्तानीका लागि ३० करोड रुपैयाँ निकासा भएको छ । अर्थ मन्त्रालयले दूध उत्पादक किसानले पाउन बाँकी रकम भूक्तानीका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ३० करोड रुपैयाँ निकासा गरेको हो ।

यो रकम दुग्ध विकास संस्थान (डीडीसी)मार्फत किसानले पाउने छन् । यसमा अपुग हुने रकम डीडीसी आफैंले व्यवस्था गर्नुपर्ने जनाइएको छ ।

दुग्ध किसानले दूधको पैसा नपाएको भन्दै आन्दोलन नै गर्नु परेको थियो । किसानको आन्दोलन पश्चात केन्द्रीय दुग्ध सहकारी संघसँग सरकारले चैत २१ भित्र सबै बाँकी रकम भूक्तानी गर्ने सहमति गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved