८ महिनामा ३ करोड रुपैयाँको नेल पोलिश र ४६ करोडको लिपिस्टिक आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2024 | 01:31:23 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म नेपालले ३ करोड ४६ लाख ५८ हजार रुपैयाँ बराबरको १५ हजार २ सय ७१ लिटर नेल पोलिश आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार कुल आयात मध्ये ९ हजार ९ सय ९५ लिटर चीनबाट आयात भएको छ । भारतबाट ३ हजार ९ सय १० लिटर आयात भएको छ ।  साथै, कुल आयात मध्य ताइवानबाट ४ लिटर आयात भएको छ । टर्कीबाट १ हजार ३ सय ५७ लिटर आयात भएको छ । र फ्रान्स बाट ४ लिटर नेल पोलिश आयात गरेको छ ।  

त्यस्तै, चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्त सम्म ६४ करोड ७५ लाख २६ हजार रुपैँयाको १३ लाख ६४ हजार १ सय ३ लिटर नुहाउने स्याम्पु आयात भएको छ । विभागको तथ्याङ्क अनुसार भारत लगाएत ३६ वटा देशहरुबाट उक्त स्याम्पु आयात भएको छ । सबैभन्दा धेरै स्याम्पु भारतबाट आयात भएको तथ्याङ्कमा उल्लेख छ । 

त्यसैगरि, चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म ४६ करोड ६७ लाख २१ हजार रुपैँयाको १ लाख ३३ हजार ३ सय ५६ केजी लिपस्टिक नेपालमा आयात गरेको छ । विभागको तथ्याङ्क अनुसार चीन लगायत ३० ओटा देशहरुबाट उक्त लिपस्टिक नेपालमा आयात भएको छ । सबैभन्दा धेरै लिपस्टिक चीनबाट नै आयात आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved