एनआरएनएको यस अघिका दुवै महाधिवेशन बदर, एकता महाधिवेशन गर्न सर्वोच्चको आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2024 | 08:54:32 PM मा प्रकाशित

laxmi sunrise bank

सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघमा एकता महाधिवेशन गर्न आदेश दिएको छ । बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले संघका पछिल्ला दुवै महाधिवेशन बदर गर्दै एकता महाधिवेशन गर्न आदेश दिएको हो 

अदालतले अदालतले गैरआवासीय नेपाली संघका नाममा २०७८ सालदेखि गठन भएका सबै समिति गैरकानुनी घोषणा गरिदिएको हो । अदालतले एकता महाधिवेशन गराउन ७ बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ।

दुई वर्षअघि विवाद समाधान गर्न बनेको उच्चस्तरीय समितिलाई सर्वोच्चले वैधता दिएको छ।  सोहि समितिलाई महाधिवेशन गराउन भनिएको छ। सो समितिमा कुल आचार्य, बद्री केसी र रविना थापासहित ६ जना सदस्य थप गर्न अदालतले भनेको छ ।

यस संगै एनआरएन  २०७८ माघ १ को अवस्थामा फर्किएको छ।  सर्वोच्च अदालतले एनआरएनएको त्यसपछिको गतिविधिलाई अवैध हुने फैसला गरेको हो । अदालतले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ०७८ माघ १ मा सम्पन्न ८१ औँ बैठकले गरेको उच्चस्तरीय समितिलाई यथावत राख्दै संघको मर्म र उद्देश्य अनुरुप संघको सदस्यता, महाधिवेशन प्रतिनिधि छनौट, निर्वाचन वा अधिवेशन आयोजना गर्न उपयुक्त हुने ठहर गरेको हो ।

हेर्नुस् आदेश










Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved