महँगी घट्यो, तलब ५.५६ प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2024 | 05:01:44 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको फागुन महिनामा महँगी ह्वात्तै घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको फागुनको तुलनामा यस वर्षको फागुनमा महँगी करिब आधाले घटेको छ । 

गत वर्षको फागुनमा समग्रह मूल्यवृद्धि ७.४४ प्रतिशत रहेको थियो । यस वर्षको फागुनमा यस्तो मूल्यवृद्धि घटेर ४.८२ प्रतिशतमा सिमित भएको छ । त्यसैगरी, गैर खाद्य तथा सेवा क्षेत्रको मूल्यवृद्धि आधा भन्दे धेरैले घटेको छ । गत वर्षको फागुनमा ८.८७ प्रतिशत रहेको सो क्षेत्रको मूल्यवृद्धि यस वर्षको फागुनमा ३.९५ प्रतिशतमा सिमित भएको छ । 

खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि भने तुलनात्मक रुपमा बढेको छ । गत वर्ष ६.६४ प्रतिशत रहेको यस क्षेत्रको मूल्यवृद्धि यस वर्षको फागुनमा ५.९४ प्रतिशतमा उक्लिएको हो । 

२०८० फागुन महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८८ प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ५.४९ प्रतिशत र हिमालको ४.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.९५ प्रतिशत, ७.५० प्रतिशत, ६.६७ प्रतिशत र ८.०७ प्रतिशत रहेको थियो ।

तलब तथा ज्यालादर सूचकाङ्क 

२०८० फागुन महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.५६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ८.५६ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ६.९२ प्रतिशतले बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved