विशेष अदालतको फैसला विरुद्द सर्वोच्च जाँदै गुरु न्यौपाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2024 | 03:47:47 PM मा प्रकाशित

laxmi  sunrise bank

साविकको रिडी पावर कम्पनीका तत्कालिन अध्यक्ष गुरु प्रसाद न्यौपाने विशेष अदालतको फैसला विरुद्द सर्वोच्च अदालत जाने भएका छन् ।२०८१ वैशाख २ गते विशेष अदालतले न्यौपानेलाई सम्पति सुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।  न्यौपानेले आफु संचालक नै रहेको बेला कानुन विपरित आफु नै संचालक रहेको कम्पनीको शेयर खरिद बिक्री गरि सम्पति आर्जन गरेको देखिएको भन्दै विभागले मुद्दा दर्ता गरेको थियो।

सो मुद्दामा विशेष अदालतल न्यौपानेलाई दोषी ठहर गर्दै १ वर्ष कैद र ३ करोड ९८ लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।  सो फैसला त्रुटीपूर्ण भएको भन्दै न्यौपाने सर्वोच्च जाने भएका हुन्।  

 धितोपत्र बोर्डले पनि न्यौपाने विरुद्द भित्री कारोवार (इन्साइडर ट्रेडिङ) गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। २०७९ चैत्र ८ गते बुधबार उनी विरुद्द मुद्दा दायर भएको हो। सो मुद्दा हाल काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ।

रिडी पावर कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपानेले उक्त कम्पनीको सेयर निज सो पदमा बहाल रहदाकै बखत मिति २०७७।१२।१९ देखि मिति २०७८।०४।२४ सम्म खरिद बिक्री गरेको विषयमा तहकिकात गर्दा निजले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ बमोजिमको भित्री कारोवार गरेको देखिएकोले धितोपत्र बोर्डले मुद्दा दर्ता गरेको थियो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved