नेपाल प्रहरीमा २३ सय २० जनालाई जागिर खुल्यो, साधारण लेखपढ गर्न जान्नेलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2021 | 09:06:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले एक साथ २३ सय बढी जनशक्ति माग गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले विभिन्न ७ पदमा गरि कुल २३ सय २० जना जनशक्ति माग गरेको हो। 

महाशाखाले प्रहरी निरीक्षक (जनपद) मा १४६ जना र प्रहरी जवान (जनपद ) मा १९ सय ७१ जना माग गरेको छ । अन्य जनशक्ति भने प्रहरी कार्यालय सहयोगीको रुपमा माग गरिएको छ । जस अनुसार भान्छे १६३ जना, हजम १० जना, सिलाई बुनाईमा १० जना, कुचिकार १० जना, र धोबी १० जना माग गरिएको छ । 

महाशाखाले मङ्सिर ११ गतेदेखि पुस २३ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । प्रहरी निरीक्षक (जनपद)को हकमा प्रधान कार्यालय रानीपोखरी र सम्पूर्ण प्रदेश कार्यालयहरुबाट आवेदन दिन सकिने छ । त्यस्तै प्रही जवान (जनपद) र कार्यालय सहयोगीको हकमा सम्पूर्ण प्रदेशकाप्रदेश तालिम केन्द्र, कर्थ्मंदु उपत्यकाका ३ वटै प्रहरी परिसर र सम्पूर्ण जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सकिने छ ।

प्रहरी निरीक्षक (जनपद)को हकमा २० वर्ष पुगेको र २५ वर्ष ननाघेकोले आवेदन दिन सक्ने छन् भने प्रहरी जवान (जनपद) मा १८ वर्ष पुरा भई २३ वर्ष ननाघेकाले आवेदन दिन सक्ने छन्  । १८ वर्ष पुरा भई २५ वर्ष ननाघेकाले कार्यालय सहयोगीमा आवेदन दिन सक्ने छन्  । 

प्रहरी निरीक्षक (जनपद) को लागि स्नातक तह उत्रिन गरेको हुनु पर्ने छ भने प्रहरी जवान (जनपद) को लागि ८ कक्षा उतिर्ण भए हुने छ  । त्यस्तै साधारण लेखपढ गर्न जान्नेले कार्यालय सहयोगीमा आवेदन दिन सक्ने छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved