कुलमानले फर्जी बिल पठाएर उद्योगीलाई बद्नाम बनाए (भिडियो अन्तर्वार्ता)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2023 | 04:26:22 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी शशिकान्त अग्रवालले आफूहरुले विद्युत प्राधिकरणलाई तिर्न बाँकी बक्यौता एक पैसा पनि नरहेको बताएका छन् । उनीसमेत सञ्चालक रहेको रिलायन्स स्पिनिङ मिल्सले बक्यौता नतिरेको भन्दै प्राधिकरणले शुक्रबार लाइन काटेपछि अग्रवालले प्राधिकरणले फर्जी बिल पठाएर उद्योगी व्यवसायीको बद्नाम गर्ने काम गरेको भन्दै दुःख व्यक्त गरेका छन् ।

प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सले १ अर्ब ९४ करोड बक्यौता नतिरेको भन्दै लाइन काटेको छ । यस सम्बन्धमा बिजपाटीसँग कुराकानी गर्दै अग्रवालले आफूहरुले तिर्न बाँकी एक पैसा बक्यौता नरहेको तर, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फर्जी बिल पठाएर उद्योगले बक्यौता तिरेनन् भनेर बद्नाम गराएको प्रतिक्रिया दिएका हुन् ।

‘नयमित विद्युत महशुल तिरेबापत २ प्रतिशत छुट पाइन्छ, बिल जारी भएको १ हप्ताभित्र महशुल तिर्दा प्राधिकरणले २ प्रतिशत छुट दिन्छ, हामीले नियमित बिजुलीको बिल तिरेर यस्तो छुट पाइरहेका छौँ’ उनले भने, ‘जब हामीले नियमित महशुल बुझाएर नियमअनुसार पाउने छुट पाइरहेका छौँ भने बक्यौता कसरी बाँकी रहन्छ ? त्यो सबै फर्जी बिल हो, फर्जी बिलमा त जति देखाइदिए पनि भयो नि ।’

अग्रवालले अतिरिक्त विद्युत उपभोग गरेको भए त्यसको प्रमाण देखाउन समेत कुलमान घिसिङलाई चुनौती दिएका छन् । टीओडी डाटा देखाए आफूहरु महशुल तिर्न तयार रहेको तर, प्राधिकरणले टीओडी डाटा देखाउन नसकेको उनको भनाई छ ।

‘हामीले उपभोग गरेको प्रमाण देखाउ भन्दा प्राधिकरण देखाउन सक्दैन, हामीले टीओडी डाटा डाउनलोड गरेर देखाउ, हामीले तिर्नुपर्ने देखियो भने तिर्छौँ भनिरहेका छौँ, तर प्राधिकरण यो पनि गर्न सक्दैन’ अग्रवालले थपे ।

भिडियोः



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved