कौडीको भाउमा नबिक्ने जग्गालाई लिएर राजनीति गरियो, दुख लाग्छ: सांसद विनोद चौधरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2024 | 03:22:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मैले सीआईबीमा आफ्ना कुराहरु राखे, जुन पब्लिकलि बाहिर आए । सबैले थाहा पाइराखेकै कुरा हुन् । त्यसपछि म माथिको अनुसन्धानको कुरा चल्ने वित्तिकै मेलै सदनमा कुरा राखे ।  मेरो नजरमा देशको नीति  निर्माण गर्ने, ऐन कानुन बनाउने र सरकारनै पनि बनाउने थलो सदनमा निर्वाचित प्रतिनिधिको हैसियतले आफ्ना कुराहरु राखे ।

मलाई सीआईबीमा आउनका लागि मौखिक रुपमा जानकारी गराइयो । एउटा जिम्मेवार उद्यमी, जिम्मेवार व्यक्ति र राजनीति कर्मीको हिसाबबाट उहाँहरुको अनुसन्धानलाई सहयोग गर्न म उपस्थित भए । ४२ वर्ष अगाडि बाँसबारी जस्तो अनकन्टार ठाउँको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ, त्यो बेलामा  पब्लिक प्राईभेट पाट्नर्सीपको उत्कृष्ठ मोडलको रुपमा खडा गरिएको एउटा नविनतम सोचलाई जुन तरिकाबाट राजनीति गरियो त्यो अत्यन्त दुःख लाग्दो छ । ४२ वर्ष अगाडिको १० रोपनी जग्गाको मूल्य कति नै पर्न सक्थ्यो होला भनेर सबैले बुझेका छन् । 

यो देशकै एकमात्र हजारौ रोपनीको निजी  औद्योगिक ग्राम स्थापना गर्ने ग्रुपले विगत १४० वर्ष देखि र अझ व्यवस्थित रुपले ८० वर्ष देखि मुलुक भरि नै विभिन्न परियोजना गर्ने ग्रुपले १० रोपनी जग्गाको बारेमा कुनै पनि प्रकारको कदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकताको उपज बाहेक केहि पनि हैन । मेरो आफ्ना ४५ वर्षको लामो अभियानमा एउटा उद्यमीको हैषियतले, उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको अध्यक्षको हैषियतले, एउटा विचारकको हैषियतले र एउटा राजनीतिकर्मीको हैषियतले मैले जहिले पनि विकासको राजनीति गरे । मैले कहिले पनि दलगत राजनीतिको पक्षमा अकारण गलत कुरा लाई कहिले पनि प्रशय दिएको छैन । कहिले पनि कुनैपनि प्रकारका दलहरुका विचमा आपसी मतभेत जोड घटाउमा सरिक भएको छैन । यसअर्थमा आफुलाई प्रोफिसनलको हैषियतले, विकासप्रेमिको हैसियतले हरेक फरममा उभ्याए ।

 तर, आज यो इस्युमा भने उद्यमलाई राजनीति तरिकाले गर्ने, उद्यमीलाई राजनीति गर्ने, एउटा लगानीकर्ता र करदातालाई राजनीतिकरण गर्ने कुरो प्रष्टसँग देखियो । अहिले अत्यन्त कठिन परिस्थितिमा गुज्रिरहेको  नेपाल आर्थिक दृष्टिकोणबाट यी कुराहरु रोज आउने गर्दछन् । यो बेलामा म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहदा खेरी नेपाल भरिका र विश्व भरि रहेका नेपालका युवाहरुले,नेपालका उद्यमीहरुले, रोजगार दाताहरुले, करदाताहरुले कुन सन्देश आफ्ना मनमा लिएर जाने हुन् भन्ने खालको हेक्का राज्यले राख्नुपर्ने हो ।

मैले आफ्नो ४५ वर्षको यात्रापछि आफ्ना चरित्रको सर्टिफिकेट  कसैलाई बुझाउनु पर्दैन । त्यो पनि खास गरि स्टन्ट गर्ने हरुलाई । म फेरिपनि यस्ता प्रकारका गतिविधिबाट निजी क्षेत्रलाई, उद्यमीलाई, लगानीकर्तालार्ई विशुद्ध राखिनु पर्दछ । 

राजनीतिको आफ्नो फोरम छन्, त्यसको आफ्ना तरिका छन् । म पनि नवलपरासी पश्चिमबाट यहि विकासको प्लेटफर्ममा प्रत्यक्ष निर्वाचित सांसद हुँ । त्यो भुमिका मैले त्यहि रुपमा अगाडि बढाएको छु । मैले यो दुई चिजलाई जोड्ने काम कहिले पनि गरेको छैन, भोलिको दिनमा पनि गर्ने छैन ।

(बाँसबारी जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा गएर बयान दिएपछि सांसद विनोद चौधरीबाट व्यक्त विचार ।)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved