भारतको मुम्बईमा भएको रेल स्टेशनमा भागदौड मच्चिदा २२ को मृत्यु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 29, 2017 | 02:37:52 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको मुम्बईस्थित एउटा रेल्वे स्टेशनमा भागदौड मच्चिंदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। घटनामा कम्तीमा ३० जना घाइते भएको अधिकारीहरुले बताएका छन्।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। मृत्यु हुनेमध्ये १८ जना पुरुष र चारजना महिला छन्।

व्यस्त समय

मध्य मुम्बईस्थित एल्फिन्सटन स्टेशनसँग जोडिएको एउटा आकासे पुलमा शुक्रवार बिहानको व्यस्त समयमा भागदौड मच्चिएको थियो। प्रत्यक्षदर्शीहरुका अनुसार ठूलो पानी परिरहेका बेला पुलमा मानिसहरुको भीड भएको थियो।

रेल्वेका प्रवक्ता अनिल सक्सेनाले वर्षाका कारण ठूलो संख्यामा ओत लागेर बसिरहेका यात्रुहरु एकै पटक हिँड्न खोज्दा दुर्घटना भएको बताउँदै त्यसबारे छानबिन गरिने जनाए।

मुम्बईस्थित बीबीसीकी संवाददाता योगित लिमई भन्छन्, दैनिक लाखौं मानिसले प्रयोग गर्ने पुरानो र अपर्याप्त पूर्वाधार भएको भन्दै मुम्बई महानगरले आलोचना खेप्दै आएको छ। -बिबिसी 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved