काबुलमा आत्माघाती बिस्फोट : कम्तिमा ४० को मृत्यु, ३० बढी घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2017 | 11:53:10 AM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो 

काबुलमा एउटा शिया सांस्कृतिक र धार्मिक संस्थालाई निशाना बनाउँदै गराइएको शृंखलाबद्ध विस्फोटनमा कम्तीमा ४० नाको मृत्यु भएको छ। बिहीवार बिहान भएको विस्फोटनमा अन्य ३० जना बढी घाइते भएका छन्।

विद्यार्थीहरुको भीड जम्मा भएको समयमा उक्त विस्फोट भएको एक जना अफगानी अधिकारीले बताएका छन्। उनले आत्मघाती हमलाकारीले सो आक्रमण गराएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

अहिलेसम्म आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैनन्। तर हालैका महिनाहरुमा इस्लामिक स्टेट संगठनले काबुल र अन्य स्थानका शिया मस्जिद र केन्द्रहरुमा आक्रमण बढाएको छ। अफगान राजधानीमा बिहीवार अर्को पनि विस्फोटनको घटना भएको बताइएको छ। गएको अक्टोबरमा एउटा मस्जिदमा भएको हमलामा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved