घातक फुगु माछा बिक्री भएपछि आपतकालीन चेतावनी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 16, 2018 | 05:37:29 PM मा प्रकाशित

laxmi  sunrise bank

जापानको एक शहरमा केही विषाक्त फुगु माछा गलत तरिकाले बिक्री भएपछि मानिसहरुलाई त्यो जातको माछा किन्नबाट रोक्न आपत्‌कालीन चेतावनी दिइएको छ।

गामागोरी शहरमा रहेको स्थानीय सुपरमार्केटले फुगु माछाको कलेजो नझिकी पाँच वटा प्याकेट बिक्री गरेको खुलासा भएपछि त्यस्तो चेतावनी दिइएको हो।

फुगु माछाको कलेजो निकै विषाक्त हुन्छ। बेचिएका तीनवटा प्याकेट भेटिएपनि दुई प्याकेट अझै नभेटिएको बताइएको छ।कलेजो र अन्य अंग विषालु हुने फुगु माछा तयार गर्न विशेष प्रकारको तालिम लिनु पर्छ। माछा बनाउने बेला सानो गल्ती भएपनि खाने मानिसको ज्यान नै जोखिममा पार्न सक्छ।

जापानमा प्रत्येक वर्ष विषालु फुगु माछा सेवनका घटनाहरु सार्वजनिक हुने गर्दछन्।मध्य जापानको गामागोरी शहरका अधिकारीहरुले आपतकालीन प्रणाली सक्रिय पार्दै फुगु माछाका विषाक्त प्याकेटहरु फिर्ता गर्न मानिसहरुलाई आह्वान गरेका छन्।

घातक विष

गोमागोरी शहरका अधिकारी कोजी ताकायानागीले एएफपीलाई भने, "हामीले आपत्‌कालीन वायरलेस प्रणालीबाट स्थानीयहरुलाई फुगु खान रोक लगाइसकेका छौं।"

फुगु एउटा महंगो जाडोको परिकार हो जुन साशिमीको रुपमा काँचै वा सुपको रूपमा पकाएर खान सकिन्छ।'ब्लोफिस' भनिने फुगु माछाको कलेजो, अण्डा र छालामा 'टेट्रोडोटोक्सिन' नामक घातक विष हुन्छ र उक्त माछा तयार पार्नका लागि तालिम र इजाजत पत्र चाहिन्छ।

त्यो माछामा पाइने विष मार्ने ‌औषधि छैन।'टेट्रोडोटोक्सिन'ले स्नायु प्रणालीमा असर पार्छ। त्यो विषले मानव शरीरमा "तीव्र र हिंसात्मक असर" पार्दछ। सुरुमा मुखको वरिपरि छोएको थाहा नहुने हुन्छ र त्यसपछि पक्षघात हुँदै मृत्यु हुन्छ। बिबिसी 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved