कतारले अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब डलर लगानी गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2018 | 02:21:53 PM मा प्रकाशित

laxmi  sunrise bank

छिमेकी मुलुकहरुबाट नाकाबन्दी खेपिरहेको कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने भएको छ।

दोहामा भएको दुई दिन लामो दोहा फोरम–२०१८ मा बोल्दै उर्जा राज्यमन्त्री तथा ‘कतार पेट्रोलियम’ का कार्यकारी प्रमुख साद अल–कावीले यस्तो घोषणा गरेका हुन। कतारले अमेरिकी तेल, ग्यास तथा परम्परागतभन्दा फरक किसिमका क्षेत्रमा लगानी गर्न खोजिरहेको बताउदै उनले उर्जामा लगानी गर्ने घोषणा गरेका हुन। 

काबिका अनुसार कतारले आगामी पाँच बर्षमा संयुक्त राज्य अमेरिकाको उत्तरी क्षेत्रमा २० अर्ब डलर लगानी गर्नेछ। “यो योजनामार्फत् कतारको मुख्य लक्ष्य अर्बौं डलरको गोल्डेन पास एलएनजीको अन्तिम स्टेसन टेक्सासमा लगानी गरी पूरानो कार्यक्रमलाई पुनः सञ्चालनमा ल्याउने रहेको छ" उनले भने। 

कतार पेट्रोलियमले एक्जेम मोविल र कोनोको फिलिप्ससँग मिलेर उक्त योजनामा ७० प्रतिशत लगानी गर्नेछ भने बाँकी ३० प्रतिशत यि दुई फर्मको रहनेछ। कतारले आगामी पाँच बर्षमा आफ्नो ग्यास उत्पादन क्षमतामा बार्षिक एक करोड ६० लाख टन वृद्धि गर्ने र सन् २०२३ सम्ममा उत्पादनलाई बार्षिक एक अर्ब १० करोड टन पुर्याउने लक्ष्य लिएको छ।

कतारले तेल निर्यातक राष्ट्रहरूकाे संगठन ओपेकबाट अलग्गिने निर्णय गरिसकेको छ। काबीले उक्त निर्णय कुनै राजनीतिक उद्देश्यबाट अभिप्रेरित भएर नगरिएको बताए। पछिल्लो समय साउदी अरबसँग अमेरिकी सम्बन्धमा दरार उत्पन्न भएको छ। साउदीको नेतृत्वमा नाकाबन्दी खेपिरहेको कतारले यही बेला अमेरिकामा लगानी गर्ने घोषणा गरेको हो। 



Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved