भारतीय नायिकालाई युनिसेफको सद्भावना दूतबाट हटाउन पाकिस्तानकाे माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2019 | 08:33:53 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय नायिका प्रियंका चोपडालाई यूनिसेफको सद्भावना दूतबाट हटाउनुपर्ने माग गरिएको छ। भारतीय बायुसेनाले पाकिस्तानमाथी गरेको आक्रमणलाई समर्थन गरेको भन्दै पाकिस्तानले प्रियंका चोपडालाई दुतबाट हटाउन माग गरेको हो।

काश्मिरको पुलवामा ४२ जना भारतीय सेनाको ज्यान लिनेगरि भएको बम बिष्फोटपछि भारतीय वायुसेनाले पाकिस्तानको बालकोटमा एयर स्ट्राइक गरेको दाबी गरेको थियो। सो स्ट्राइकलाई समर्थन गर्दै चोपडाले पनि भारतीय वायुसेनाको हौसलाको प्रशंसा गर्दै ‘जयहिन्द’ लेखेर ट्वीट गरेकी थिइन्।    

तर प्रियंका चोपडाको भारतीय वायु सेनाको समर्थनलाई पाकिस्तानले मर्यादाबिपिरत भन्दै उनको राजिनामा माग गरेको हो। यूनिसेफको सद्भावना दूतको नाताले चोपडाले यस्तो गर्न नहुने पाकिस्तानको ठहर छ।  

पाकिस्तानका तर्फबाट चोपडाविरुद्ध दर्ता गरिएको मुद्दामा लेखिएको छ, ‘दुई देशबीच यदि न्यूक्लियर वार हुन्छ भने त्यसले केवल त्रासदी उत्पन्न हुन्छ । यूनिसेफको सद्भावना दूत भएका नाताले प्रियंका चोपडाले भारतीय वायुसेनाको समर्थन गर्दै ट्वीट गर्नुपर्ने थिएन । उनले शान्ति र निष्पक्षताको परिचय दिनु आवश्यक थियो । उनीद्वारा गरिएको ट्वीट एक यूनिसेफको सद्भावना दूतको नाताले गलत हो । उनी यस पदका लागि योग्य छैनन् ।’

त्यस हमलापछि भारत र पाकिस्तानबीच सुरु भएको विवादको असर दुवै देशका फिल्म उद्योगमा परेको छ । भारतमा पाकिस्तानी कलाकारहरुमाथि प्रतिबन्ध लगाइएको छ भने पाकिस्तानले आफ्नो देशमा भारतीय सिनेमा प्रदर्शन गर्न रोक लगाइदिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved