नेपालको भन्दा भारतको चुनाव फरक , यसरि हुदैछ मतगणना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 07:16:15 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको १७ औँ लोकसभा अर्थात् तल्लो सदनका लागि भएको निर्वाचनको मतगणना बिहीवार स्थानीय समयानुसार बिहान ८ बजेदेखि सुरु भएको छ। चुनावको प्रारम्भिक मतगणनामा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ । लोकसभाको कुल ५४२ स्थानका लागि सात चरणमा मतदान भएको थियो।

निर्वाचनमा पहिलो पटक भीभीप्याट अर्थात् भोटर भेरिफिएबल पेपरअडिट ट्रायलको प्रयोग गरिएकोले परिणाम आउन केही समय लाग्न सक्छ। मतगणना आरम्भ हुनुभन्दा अघि कैयौँ विपक्षी दलले धाँधली हुने आशङ्का व्यक्त गर्दै विद्युतीय मतदान उपकरण ईभीइबारे चिन्ता व्यक्त गरेका छन्।

कसरी हुन्छ त मतगणना?

मतगणना आरम्भ हुनुभन्दा अगाडि कैयौँ विपक्षी दलले विद्युतीय मतदान यन्त्र ईभीएमबारे चिन्ता व्यक्त गरेका छन्। भीभीप्याटसम्बन्धी विपक्षी दलहरूले गरेको एउटा माग सर्वोच्च अदालत र निर्वाचन आयोगले खारेज गरिदिएका छन्। केही विपक्षी दलले राज्यहरूमा सुरक्षाविनै ईभीएमहरू पुर्‍याइएको आरोप लगाएका थिए जसलाई निराधार भन्दै निर्वाचन आयोगले खण्डन गरेको छ। 

ईभीएममार्फत् गराइएको मतदानको गणना प्रक्रिया कसरी हुन्छ? आउनुहोस् त्यसबारे चर्चा गरौँ। मतगणनामा सबैभन्दा पहिला निर्वाचन अधिकृत तथा उनीहरूका सहयोगीहरू सबैका सामु गोपनीयताको शपथ लिन्छन्। मतगणना सुरु हुनुभन्दा पहिला निर्वाचन अधिकृतहरूको उपस्थितिमा सबै ईभीएमको जाँच गरिन्छ। राजनीतिक दलका उम्मेदवारहरूलाई आफ्ना गणकप्रतिनिधिहरूसँग मतगणनाकेन्द्रमा बस्न पाउने अधिकार हुन्छ। ती प्रतिनिधिहरूले गणना हेर्न पाउँछन्।

सबैभन्दा पहिला सुरक्षानिकाय र कूटनीतिक सेवामा रहेका व्यक्तिले मत दिएको "पोस्टल मतपत्र" गणना गरिन्छ र त्यसपछि ईभीएमको गणना सुरु हुन्छ। मतदानकेन्द्र अनुसार एउटा क्रममा राखिएका ईभीएमलाई 'अन' गरेपछि त्यसमा दिइएका कुल मत र त्यसपछि छुट्टाछुट्टै उम्मेदवारले पाएका मतलाई दर्ता गरिन्छ। त्यसपछि सबै मतदान केन्द्रका ईभीएमको आँकडालाई आपसमा जोडिन्छ। निर्वाचन आयोगका अनुसार ईभीएमको गणना सकिएपछि भीभीप्याटपत्रसँग मिलान गरिन्छ। यो कामका लागि प्रत्येक मतगणना केन्द्रमा छुट्टै भीभीप्याट बुथ हुन्छ।

कुनै प्रकारको विवाद वा प्राविधिक अवरोध सिर्जना भएको स्थितिमा निर्वाचन अधिकृतले निर्वाचन आयोगलाई त्यसबारे तत्काल जानकारी गराउनुपर्ने हुन्छ। निर्वाचन आयोगले अवस्था हेरी मतगणना जारी राख्न, स्थगित गर्न वा पुनः मतदान गराउन आदेश दिन सक्छन्। कुनै प्रकारको उजुरीविना मतगणना पूरा भएमा वा निर्वाचन आयोगको तर्फबाट कुनै निर्देशन आएन भने मतदान अधिकृतले नतिजा घोषणा गर्न सक्छन्।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved