मोदीका लागि हवाई मार्ग दिन पाकिस्तान सहमत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 09:54:37 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि हवाई मार्ग दिने भएको छ । पाकिस्तानले अन्तराष्ट्रिय व्यवसायिक उडानका लागि बन्द गरेको आफ्नो हवाई मार्ग भारतीय प्रधानमन्त्री मोदीको किर्गिस्तान भ्रमणका बेला भने प्रयोग गर्न दिने भएको हो । 

भारतीय प्रधानमन्त्री मोदी जुन १३ र १४ मा किर्गिस्तान जाने कार्यक्रम छ । सो समयमा मोदीको विमानलाई पाकिस्तानी हवाई मार्ग प्रयोगका लागि अनुमति दिन भारतले पाकिस्तानसमक्ष आग्रह गर्दै आएको थियो । 

पाकिस्तानले आफ्नो हवाई मार्ग प्रयोग गर्न नदिएको अवस्थामा मोदीले हवाई यात्रामा दोब्बरभन्दा बढी समय खर्चिनुपर्ने भएपछि पाकिस्तान हवाई मार्ग दिन सहमत भएको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved