वंगलादेशमा आरक्षण व्यवस्था खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2019 | 08:24:53 AM मा प्रकाशित

laxmi  sunrise bank

लामो समयको विवादकाबीच वंगलादेशले आरक्षण व्यवस्था खारेज गरेको छ । स्वतन्त्रता संग्रामका सेनानीका सन्तान, महिला लगायतलाई दिईदै आईएको सबै आरक्षण खारेज गरेको हो । 

अहिले पनि दक्षिण एशियाका आधा भन्दा बढी मुलुकहरुमा आरक्षणको व्यवस्था छ । वंगलादेश सरकारले निजामती सेवामा दिँदै आएको आरक्षणप्रति विरोध सुरु भएपछि बिहीबार आरक्षण खारेज गरेको हो । यस आरक्षणको विरुद्धमा केही दिनदेखि वंगलादेशमा विरोध प्रदर्शन भईरहेको थियो । वंगलादेशमा महिलाको लागि जम्मा १० प्रतिशत आरक्षण दिईएको थियो । 

क्याविनेट सचिव मोहम्मद शफिउल आलमले भने कि लोक सेवाको शीर्ष स्तरीय पदको लागि कोटा व्यवस्था पूरा तरहले खारेज गरिएको छ । तर, स्थानीय तहमा भने केही आरक्षण राखेको छ । उनले भने कि सबै भन्दा धेरै कर्मचारी माग्ने सरकारी सेवामा सबै पदपूर्ती परीक्षाबाट खुल्ला रुपमा नै गरिनेछ । 

प्रदर्शनकारीले १० प्रतिशत आरक्षण राख्न माग गरेका थिए भने सरकारले त्यसको बदलामा व्यवस्था नै खारेज गरिदिएको छ । प्रदर्शनकारीहरुले आरक्षणको सहि उपयोग हुन नसकेको आरोप लगाएका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved