कोरोनाभाइरस फैलन नदिन सबै यातयात ठप्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 10:05:42 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाभाइरसको संक्रमण बढ्न नदिन चीनको वुहान नगरमा सबै उडान, रेल तथा बस सेवा बन्द गरिएको छ । श्वाप्रश्वास सम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने भाइरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले यो कदम लिएको जनाएका छन्  ।

कोरोनाभाइरसको सङ्क्रमणबाट चिनियाँ सहर वुहानबाट अन्यत्र फैलिइसकेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरूले बुधबार नयाँ कोरोना भाइरस (२०१९–कोभ) का कारण सिर्जित निमोनियाबाट ४४० जना पीडित भएको घोषणा गरेका छन् । यो भाइरस मङ्गलबारसम्म चीनका १३ वटा प्रान्तमा देखिएको छ । यस नयाँ भाइरसका कारण हालसम्म १९ जनाको मृत्यु भइसकेको छ।

कोरोनाभाइरसको पछिल्लो सङ्क्रमण चीनको वुहान सहरको एक बजारमा जनावरबाट सुरु भएको अधिकारीहरूको भनाइ छ। अहिले चिनियाँ अधिकारीहरूले वुहान सहरका दशौँ लाख बासिन्दालाई जरुरी काम नभई शहर नछोड्न निर्देशन दिएका छन्। त्यहाँ बिहीवार बिहानदेखि लागु हुने नयाँ नियम चिनियाँ नयाँ वर्षको बिदाको अवसरमा कार्यान्वयनमा आउन लागेको छ। यो बेला दशौँ लाख चिनियाँहरू आफ्नो जन्मथलो फर्कने गर्छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved