भाईरसको कारण ८ हजार भन्दा बढीको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2020 | 09:32:30 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वभर नोबेल कोरोना भाईरसको त्रास बढिरहेको बेला अमेरिकामा भने फरक खालको भाईरसले ८ हजारभन्दा बढीको मृत्यु भएको पाईएको छ । अमेरिकामा २०१९-२०२० को सिजनमा ८ हजार २ सयको मृत्यु भईसकेको र १५ लाख भन्दा बढी संक्रमित भएको सिएनएनले जनाएको छ ।

सिएनएनका अनुसार अहिले इन्फ्लुएन्जा भाइरसको प्रकोपले देशभर त्रास फैलाएको छ । सिएनएनले भनेको छ ' यो इन्फ्लुएन्जा भाईरस देशभर महामारीको रुपमा फैलिएको छ र १४ लाख बढी अस्पतालमा भर्ना भएका छन् ' । यो दशकयता कै खराब फ्लु भएको सिएनएनले जनाएको छ ।

अमेरिकामा हरेक वर्ष यस्तो फ्लुको कारण १२ हजारको मृत्यु हुने प्रक्षेपण गरिएको छ । सिएनएनले भनेको छ '२०१७-१८ मा ६१ हजार अमेरिकनले ज्यान गुमाएका थिए भने २०१९-२० को सिजनमा हालसम ८२ सयले ज्यान गुमाएका छन् ' । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved