ईयूबाट बाहिरियो बेलायत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2020 | 11:22:22 AM मा प्रकाशित

laxmi  sunrise bank

बेलायत युरोपेली युनियन (ईयू) बाट आज छुट्टिदैँछ । बेलायती संसद र युरोपेली संसद्ले ईयूबाट बाहिरिन अनुमति दिएपछि ईयूमा संगठित भएको ४७ वर्षपछि बेलायत शुक्रबार राति ११ बजे बाहिरिन लागेको हो ।

ब्रसेल्सस्थित युरोपेली संसदमा बुधबार भएको मतदानमा ६ सय २१ सांसदले इयूबाट बाहिरिने पक्षमा मत दिएका थिए । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ईयूबाट बाहिरिएसँगै, ‘ब्रेक्जिट अन्त्य नभएर सुरुवात हो,’ भनेका छन् । ईयूबाट बाहिरिएपछि ११ महिना संक्रमणकाल रहनेछ ।

बेलायतले गत वर्ष २९ मार्चदेखि बाहिरिने सुरु गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved