कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या ३ सय नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2020 | 09:16:15 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या ३ सय नाघेको छ । शनिवार बेलुकासम्ममा मृतकको ३ सय ४ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्रै थप २५ सय ९० जनामा संक्रमण पुष्टि भएको छ । यस सँगै संक्रमण हुनेको संख्या १४ हजार ३ सय ८० पुगेको छ ।

उता कोरोनाभाइरसको बढ्दो सङ्क्रमण रोक्ने उद्देश्यले विश्वका विभिन्न देशले चीनबाट आफ्नो देशमा मानिसहरूलाई भित्रिन नदिनेगरी प्रतिबन्ध लगाएका छन्। अमेरिका र अस्ट्रेलियाले डिसेम्बरमा उक्त भाइरस फेला परेको देश चीनको भर्खरै भ्रमण गरेका विदेशीलाई आफ्नो देशमा प्रवेश नदिने निर्णय लिएका छन्। यसअघि रुस, जापान, पाकिस्तान र इटलीले त्यस्तै यात्रा प्रतिबन्ध घोषणा गरेका थिए। 

निकै कम मात्र जनस्वास्थ्य सङ्कटकाल घोषणा गर्ने अमेरिकाले पछिल्ला दुई साता चीनको भ्रमण गरेका सबै विदेशीलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाएको छ। हुबे प्रान्तबाट फर्किरहेका आफ्नो देशका नागरिक र बासिन्दालाई अमेरिकाले १४ दिन क्वारन्टीनमा राख्छ। अस्ट्रेलियाले चीनबाट फर्किएका आफ्ना कुनै पनि नागरिकलाई दुई हप्ता क्वारन्टीनमा राख्ने जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved