पाकिस्तानका पूर्व प्रधानमन्त्रीको निधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 11:35:47 AM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ । उनलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो । 

उपचारकै क्रममा हृदयघात भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । जमाली सन् २००२ देखि २००४ सम्म पाकिस्तानको प्रधानमन्त्री थिए। 

प्रधानमन्त्री इमरान खानले जमालीको निधनप्रति गहिरो दुःख प्रकट गर्दै समवेदना प्रकट गरे । बलुच समुदायका जमालीले पूर्व राष्ट्रपति परवेज मुसरफको शासनकालमा प्रधानमन्त्रीका रुपमा सेवा गर्नु भएको थियो । तर सन् २००४ मा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पाकिस्तानको प्रधानमन्त्रीमा शौकत अजिज नियुक्त भएका थिए।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved