कश्मिर, पन्जाव, दिल्ली लगायत भारतका कयौं क्षेत्रमा भूकम्पको शक्तिशाली झड्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2021 | 11:40:26 PM मा प्रकाशित

laxmi  sunrise bank

कश्मिर देखि नयाँ दिल्लीसम्म उत्तर भारतका धेरै क्षेत्रमा शुक्रबार राति भूकम्पको कडा झड्का महसुस गरिएको छ। कश्मिर, पन्जाब, दिल्ली तथा उत्तर भारतका धेरै क्षेत्रमा भूकम्पको कडा झड्काका कारण मानिसहरु आफ्नो घरबाट बाहिर निस्किएको त्यहाँका बिबिसी, दैनिक जागरण तथा त्यहाँका स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।  

भारतको राजधानी नयाँ दिल्ली लगायत उत्तर भारतमा शुक्रबार राति भूकम्प गएको छ। भूकम्पको कडा झड्का महसुस भएलगत्तै त्यहाँका सर्वसाधारणहरु घर बाहिर निस्केको त्यहाँका स्थानीय संचारमाध्यमहरुले जनाएका छन्। 

स्थानीय संचारमाध्यमकाअनुसार शुक्रबार राति १० बजेर ३४ मिनेटमा भूकम्पको कडा झड्का गएको छ। भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको छ। 

भूकम्प ६.१ रेक्टर स्केलको गएको जनाइएको छ भने त्यसको केन्द्रबिन्दु ताजकिस्तानको जमिनबाट ८० किलोमिटर गहिराईमा परेको जनाइएको छ । भूकम्पको झड्काले कुनै भौतिक तथा मानवीय क्षतिको खबर बाहिर नआएको त्यहाँका संचारमाध्यमले जनाएका छन्। 

आज बिहाननै भारतको राजस्थानमा भूकम्पको कम्प महसुस गरिएको बताइएको छ। बिहान ८ बजेर १ मिनेट जाँदा ४.३ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ। यसको केन्द्र बिन्दु उत्तर पश्चिम भएको त्यहाँका संचार माध्यमले जनाएका छन्।  




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved