कोरोना भाग्ने अफवाहका कारण मन्दिरमा जम्मा भयो हजारौंको भिड, भिडियो हुँदैछ भाइरल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2021 | 10:33:50 PM मा प्रकाशित

laxmi  sunrise bank

गुजरातको अहमदाबादको साणद क्षेत्रमा एक अफवाहका कारण हजारौंको संख्यामा मानिसहरु एक जुट भएका छन्। यस घटनासँग जोडिएको एउटा भिडियो सोसियल मिडियामा भाइरल हुँदै छ। 

भिडियोमा हजारौंको संख्यामा महिलाहरु टाउकोमाथि पानिको भाँडा बोकेर हिडिरहेको दृश्यले धेरैको ध्यानाकर्षण गरेको छ। कसैले हिन्दु देवता भनिने बलिया देव लाई पानिले पुजा गर्दा मानिसहरु कोरोनाको भाइरसबाट बाँचिन्छ भन्ने अफवाह फैलाएकाले त्यहाँ हजारौंको संख्यामा मानिसहरुको भिड लागेको थाहा लागेको छ।  

उक्त अफवाहका कारण निधराड तथा नवापुरा गाउँमा महिलाहरुको यो भिड आफ्नो टाउकोमाथि पानिको भाँडो लिएर मन्दिर तर्फ अगाडी बढेको बिबिसीले जनाएको छ। 

चांगोदर प्रहरी चौकोको नवपुरा गाउँ र सानदको निधराड गाउँमा ठुलो संख्यामा महिलाहरु आफ्नो टाउकोमाथि पानीको कलश बोकेर बलिया देव मन्दिर पुगेको अहमदाबाद ग्रामिणका डेपुटी एसपी केटि कमरियालाई उद्र्त गर्दै बिबिसीले लेखेको छ। 

दुवै अवस्थामा एक डिजे समेत २३ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ। नवपुरा गाउँका मुखिया समेत त्यहाँ भेटिएकाले उनलाई समेत पक्राउ गरिएको छ। 

त्यहाँको प्रशासनले मानिसहरुसँग कोरोना भाइरसको महामारीको बेला भिडभांड नबनाउन तथा कुनै पनि बहानामा  धेरै मानिसहरु एक ठाउँमा जम्मा हुनलाई रोक लगाएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved