सरकारी बजेट दुरुपयोग गरेको आरोपमा अर्थमन्त्रीलाई पक्राउ गर्न आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2021 | 05:40:07 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारको महान्यायाधिवक्ताको कार्यालयले त्यहाँका अर्थमन्त्री अली शरिफ अल-इमादीलाई पक्राउ गर्न आदेश दिएको छ । सरकारी रकम दुरुपयोग गरेको र आफ्नो अधिकार तथा शक्तिको दुरुपयोग गरेको आरोपमा उनलाई पक्राउ गर्नलाई आदेश दिईएको हो । 

उक्त आरोप लागेका अर्थमन्त्री अल-इमादीलाई थप अनुसन्धान गर्ने उदेश्यले महान्यायाधिवक्ताको कार्यालयले  पक्राउको आदेश दिएको हो । उनलाई मन्त्री पदबाट मुक्त गर्न पनि आदेशमा भनिएको छ 

कतार न्युज एजेन्सीका अनुसार उनी माथि लागेका आरोपको कागजातको अध्ययन गरेपछि बिहिबार महान्यायाधिवक्ताले उनलाई पक्राउ गर्न आदेश दिएका हुन् । उनी बिरुद्द थप अनुसन्धान हुने बताईएको छ । 

कतारको अमिरको कार्यालयले लगत्तै उनलाई पदमुक्त गर्दै वाणिज्य तथा आपूर्ति मन्त्रीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिईएको सूचना प्रकाशन गरेको छ । सो सूचना राजपत्रमा पनि प्रकाशन हुने र लगत्तै उनी पदमुक्त हुने अलजजिराले उल्लेख गरेको छ । ल-इमादी सन् २०१३ देखि कतारको अर्थमन्त्री छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved