दुबई बन्यो विश्वकै पहिलो ‘पेपरलेस’ सरकार, कागज प्रयोग रोक्दा ३५ करोड डलर बचत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2021 | 06:20:32 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड अरब इमिरेट्स (यूएई) विश्वकै पहिलो कागजरहित (पेपरलेस) सरकार बनेको छ । यूएईका राजकुमार शेख हमदान बिन मोहम्मद बिन रसिद अल मक्तुमले दुबई विश्वकै पहिलो पेपरलेस सरकार बनेको घोषणा गरेका हुन् ।

यसबाट ३५ करोड अमेरिकी डलर बचत भएको राजकुमार मक्तुमको भनाई छ । उनका अनुसार अब सरकार अन्तर्गतका कुनै पनि कामका लागि कागज प्रयोग गर्नुपर्ने छैन । 

सबै खाले आन्तरिक तथा बाह्य कारोबारसहित अन्य काम डिजिटल भएका छन् । दुबई सरकारको डिजिलाईजेशनको व्यवस्थापन दुबई सरकारकै डिजिटल प्लेटफर्मले गरिरहेको छ । 

चार वर्ष अघि यूएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मुक्तमले सन् २०२१ पछि दुबई सरकारको कर्मचारी र सेवाग्राही कसैले पनि कागज प्रयोग गर्न नपर्ने स्थिति सिर्जना गर्ने बताएका थिए । उनको यहीँ घोषणा र प्रतिबद्धता आज पुरा भएको राजकुमार शेख हमदान बिनले आफ्नो ट्वीटरमा लेखेका छन् । उनले आगामी ५ दशकमा दुबईको सम्पूर्ण जनजीवन डिजिटल हुने दाबी पनि गरेका छन् ।   

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved