
 2mb (1).gif)
भारतको वारेन बफेट भनेर चिनिने सेयर कारोबारी राकेश झुनझुनवालाको मृत्यु भएको छ। मुम्बईको व्रीच केन्डी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्।
त्यहाँका संचार माध्यमकाअनुसार झुनझुनवालको मृत्यु ६२ बर्षको उमेरमा भएको हो। स्वास्थ्य खराब भएपछि आइतबार बिहान उनलाई अस्पताल लगिएको थियो।
अरबपति सेयर कारोबारी झुनझुनवालाले आकासा एयरलायन्सको विमानमा यहि महिना पहिलो उडान भरेका थिए। झुनझुनवालालाई त्यहि बेला सार्वजनिक रुपमा देखिएका थिए।
झुनझुनवालाले ४०० कर्मचारीको साथमा नयाँ कम्पनी सुरु गरेका थिए। आकासा एयरलायन्सको लक्ष्य आउने बर्षको मार्चसम्म २००० कर्मचारी पुर्याउने थियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले झुनझुनवालाको मृत्युमा दुख जनाएका छन्।
सेयर कारोबारी र चार्टड एकाउन्टेन्ट झुनझुनवाला भारतका धनाढ्य मध्य एक थिए। यद्दपि उनि पहिलो पटक गत बर्ष आकासा एयरलायन्सको उद्घाटन सत्रमा मात्रै पहिलोपटक देखिएका थिए। झुनझुनवाला हङ्गामा मिडिया, एपटेकको अध्यक्ष समेत हुन्। त्यस्तै उनि भिसेरो होटल, कंकोर्ड बायोटेक, प्रोबोग इन्डिया, जियोजित फ़ाइनान्सिय्ल सर्भिसको संचालक समेत हुन्।
कलेज पढ्दा देखि नै सेयर बजारमा प्रवेश गरेका झुनझुनवाला ब्याचलर सक्ने बित्तिकै सेयर बजारमा सक्रियरुपमा लागेका हुन्। सन् १९८५ मा उनले ५ हजारको लगानीबाट सेयर बजारमा प्रवेश गरेका झुनझुनवालासंग सन् २०१८ मा १ खर्ब भन्दा बढीको सम्पति रहेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। अहिले उनीसंग झन्डै ५ खर्ब ८० अर्ब भारु बराबरको सम्पती रहेको भारतीय संचार माध्यमले जनाएका छन्।
झुनझुनवालालाई जोखिम लिएर लगानी गर्न सक्ने सेयर कारोबारीको रुपमा चिन्ने गर्दछन। उनले आफ्नो दाजुको ग्राहकहरुबाट बढी प्रतिफल दिने सर्तमा पैसा लिने गर्दथे।
सन् १९८६, मा झुनझुनवालाले टाटा टि को सेयर ४३ रुपैयाँमा खरिद गरेर प्रति कित्ता १४३ मा बिक्रि गर्दा तीन बर्षमा झन्डै २५ लाख नाफा कमाएका थिए। सम्भवत: सेयर बजारमा उनको 'नाफा' को यात्रा नै यहिबाट सुरु भएको थियो।